प्रधानमन्त्रीलाई काँग्रेस सुर्खेतको ज्ञापनपत्र

सुर्खेत, २ असार ।
नेपाली कांग्रेसले सुर्खेतले कोरोना भाइरसको माहामारीमा सरकारले प्रभाकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेसले मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई १२ बुँदे ध्यानार्कषण पत्र बुझाएको हो । कांग्रेसले कोरोना महामारीमा सरकार चुकेको भन्दै परीक्षणको दायार बढाउन, क्वारेन्टाइनको व्यवस्थापन गर्न माग गरेको छ । जिल्ला सभापति कमलराज रेग्मीको नेतृत्वमा गएको टोलीले कर्णाली सरकारले कोरोना भाईरस कोभिड १९ प्रकोप नियत्रन्णमा पुर्णरुपमा असफल भएको जनाएको छ ।

कांग्रेसले कर्णाली सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको खर्च पारदर्शी गरी प्रभावकारी कार्यान्वयन गर्न नसकेको जनाईएको छ । कांग्रेसले भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न मागगर्दै उनिहरुलाई पिसिआर चेक गरेरमात्र घर पठाउन आग्रह गरेको छ ।  त्यस्तै कोरोना पोजेटिभ केसहरुलाई सिमटन फ्री भएको तीन दिन र १४ दिन आईसोलेसनपछि टेस्टनै नगरी डिस्चार्ज गर्नेकार्य अत्यन्तै गरै जिम्मेवार निर्णय भएको ठहर गरेको छ । कोरोना कै कारण सानाठुला उद्योग व्यवसायी बन्द भएको र हजारौ नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएकाले उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलाएमान गर्न र आर्थिक संकटलाई कम गर्न गम्भिर नभएको कांग्रेसको भनाई छ ।


यसैबीच सरकारले लकडाउनलाई ठिकढगंले उपयोग गर्न नसकेको, अस्पतालको क्षमता वृद्धिमा ध्यान नपुगेको, कोरोना बाहेक अन्य रोगका विरामीले उपचार नभएको जनाएको छ । ज्ञापनपत्रमा कर्णालीमा संक्रमणको संख्या दिनप्रदिन बढ्दै जाँदा किट नहुन, कतिपय स्थानमा स्वाव परिक्षण बन्द हुन, परिक्षण रिपोट ढिला आउनु दुखद् भएको जनाएको छ ।

सभापती रेग्मीले सरकार कमिसनको खेलमा लागेकाले आवश्यक मात्रामा स्वास्थ्य सामाग्री आपुर्ति हुन नसकेको बताउनुभयो । उहाँले कोरोना विरुद्धको लडाईमा कांग्रेसले साथदिदा दिदै पनि सरकार राजनितिक आस्था र आग्रह अनुसार चलेको आरोप लगाउनुभयो । कांग्रेसले मंगलबार सुर्खेतसहित देशभरबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार