अन्ततः फेरिए सुर्खेतका एसपी पन्त

सुर्खेत, २ असार ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी परिक्षक (एसपी) डिल्लीराज पन्त सरुवा भएका छन् । सुर्खेत सरुवा भएर आएदेखि विवादित बनेका एसपी पन्त अन्ततः सरुवा भएका हुन । सुर्खेतमा कार्यरत रहँदा कमजोर कार्यक्षमता र विवादित छवि बनाएकै कारण उनी एसएसपी हुनबाट रोकिएका थिए । कर्णाली प्रदेशको राजधानी सुर्खेतको प्रहरी प्रमुखको नेतृत्व सम्हालेपछि उनको कार्यशैलीका कारण सामाजिक सञ्जाल, मिडिया, राजनीतिक बृत्तदेखि संसदमा समेत चर्को आलोचना भएको थियो । उनको व्यवहार र समन्वयबाट कृषक, सर्वसाधारण, राजनीतिक अगुवा, सञ्चारकर्मी, सांसददेखि प्रदेशका मन्त्रीसम्म आजित बनेका थिए । सुर्खेतमा रहँदा उनको आफ्नै प्रहरी संगठनभित्र राम्रो समन्वय, सहकार्य गर्न नसकि लामो समयदेखि डिएसपी खाली राखेर दुई जना प्रहरी निरिक्षकलाई मुद्धा हेर्नेदेखि फिल्डमा खटाउने गरेका थिए ।  युगन्यूज डट कमले समेत उनका केही कर्तुत यसै मिडियाबाट सार्वजनिक गरेको थियो ।


सुर्खेतका प्रहरी उपरिक्षक (एसपी) पन्तसहित ३६ जनाको सरुवा भएको छ । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले १६ जिल्ला प्रहरी प्रमुख फेरेको छ । सुर्खेतको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । तीमध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन् । कास्कीमा जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने महोत्तरीमा टीकाबहादुर केसीले जिम्मा पाएका छन्। भक्तपुरमा तारादेवी थापा, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नवीनराज राई, उदयपुरमा भीमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन्। त्यस्तै, पाल्पामा दीपकराज खरेल, पुर्वी नवलपरासीमा दीपक रेग्मी, तनहुँमा अरुण पौडेल, सिरहामा उमाशंकर पंजियार, बाँकेमा ओमबहादुर राणा, धनकुटामा गोविन्द अधिकारी र डोटीमा डोटीमा जनकराज पाण्डेयले जिम्मा पाएका छन् ।


यो पनि पढ्नुहोस :-

प्रदेश सभामा : मुख्यमन्त्री–मन्त्रीदेखि प्रहरी–प्रशासनको चर्को आलोचना

प्रहरीकै सेटिङमा अण्डामा कालोबजारी

कैदी नाइकेले आगन्तुक स्वागत् गर्दै कुटेपछि…

प्रहरी जवान मृत्युमा आफ्न्तको आशंका, अनुसन्धान जारी

एसपी पन्तले खानेपानीका प्लम्बरसंग माफि मागे

सुर्खेत प्रहरीको लकडाउन ‘किसानमाथी’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार