खाँडाचक्रमा ४ सय २ जनाको स्वाब संकलन

तुलराज पाण्डे
कालिकोट, १ असार ।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिकामा छिमेकी मूलुक भारत र नेपालका अन्य जिल्ला बाट आएका ४ सय २ जनाको पिसिआर परीक्षण गरिएको छ । भारत र नेपाल का अन्य जिल्लाबाट भित्रिएका नागरिकहरुको क्वारेन्टाइनमा नै पिसिआर परीक्षण गरिएको खाडाचक्र नगरपालिका स्वास्थ्य शाख प्रमुख रविन्द्र सेजुवालले बताए ।

मजदुरीका लागी भारत र नेपाल का अन्य जिल्ला नागरिकहरुको विश्वमाहामरी रूपमा फैलिएको कोरोनाभाइस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्नाको लागि कोरोना भए नभएको पत्ता लगाउन स्वाब संकलन गर्न थालिएको छ । स्वास्थ्य शाख प्रमुख रविन्द्र सेजुवालका अनुसार ४ सय २ जनाको स्वाब संकलन गरि परिक्षणका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जिल्ला अस्पताल कालिकोटका अ.हे.ब. हरि प्रसाद पाण्डेले बताए ।

खाँडाचक्र नगरपालिका वडा नं. १ मा रहेको पंचदेव मा.वि. मान्म क्वारेन्टाइनमा २६ जना, खाडाचक्र नगरपालिका वडा नं. ५ रहेको चुलिमालिका. मा.वि.घोडेना क्वारेन्टाइन मा १६८ जना र खाँडाचक्र नगरपालिका वडा नं. ७ कालिका मा.वि.पि लिक्वारेन्टाइनमा रहेका २०८ जनाको स्वाब संकलन गरिएको हो । नगरपालिका भित्रिएका नागरिकहरुलाई राख्नको लागी खाडाचक्र नगरपालिका वडा नं. १ मा रहेको पञ्चदेव मावि मान्म, खाँडाचक्र नगरपालिका वडा नं. २ मा रहेको साल्डाडा आधारभूत विद्यालय पोरीपाल्नि, खाँडाचक्र नगरपालिका वडा नं. ३ मा रहेको तिला कर्णाली बहुमुखी क्याम्पस ताडि, खाँडाचक्र नगरपालिका वडा नं. ५ मा रहेको चुलिमालिकामा.वि.घोडेना, खाँडाचक्र नगरपालिका वडा नं. ७ मा रहेको कालिका मा.वि.पिलिलाई क्वारेन्टाइन बनाएको खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए ।

अहिलेसम्म नगरपालिकामा भित्रिएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँको भनाई छ । त्यस्तै नगरपालिकामा फर्किएका सबै नागरिकको पिसिआर परिक्षणका लागी सात सय ५० भिटिएम खरिद गरिएको खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसी प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । सबैलाई क्वारेन्टाइन बसेको समय पुगेकालाई परिक्षण गरिरहेको नगर प्रमुख पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया