सल्लीबजारमा फेरी सुरु भयो खानेपानीको समस्या

दुर्गा विसी
सल्लीबजार, १ असार ।
सल्यान पश्चिमको व्यापारीक केन्द्र सल्लीबजारका स्थानीयको दुई दशकसम्म पानी खानेपानीको समस्या समाधान हुन सकेन । खडेरी बढेसँगै सल्लिवजारमा खानेपानीको समस्या देखिएको छ । करिव हजारौंको संख्या यतिबेला पानी खान नपाई मारमा परेका छन् । विहान वेलुका सल्लिवजारका इनार भएका घरमा पानी भर्न जानहरुको लामबद्द भेट्न सकिन्छ । हुनेखानेहरुका घरमा कुवा छ । हुँदा खानेहरुलाई भने संधै पानीको पिरोलो हुने गरेको छ । सबै भन्दा चर्को मार यतिबेला पर्ने गरेको देखिन्छ ।

सल्लिवजारमा खानेपानी निर्माणको लागि बर्षनी लाखौंको बजेट पर्छ तर जहाँ मुहानमा पानी छैन त्यहि खर्चिने गरेको छ । स्थायी खानेपानीको पहल नहँुदा यहाँका नागरिकले निकै सास्ती खेपिरहनु परेको छ । इनारबाट लिफ्ट गर्ने भनेर २ लाख ५० हजार खर्चियो तर त्यो काम पनि सफल हुन सकेन । पहिलो पटक मर्मत भनेर करिव १ लाख खर्च गरियो । खडेरीमा पानी नहुने मुहानमा गत बर्षको वजेटमा करिव ४५ लाख खर्चियो भने यो आर्थिक बर्षमा पनि साढे चार लाख खर्च हुँदैछ ।

मुख्य व्यापारीक केन्द्र र बनगाड कुपिण्डे नगरपालिकाको सदरमुकाममै खानेपानीको टड्कारो समस्या छ भने गाउँघरतिरको खानेपानीको समस्या त झन विकराल देखिन्छ । बजार स्थापना कालदेखि हालसम्म बजारबासीको मुख्य समस्या भनेको खानेपानी हो तर कुनै व्यवस्थाले सम्बोधन नगरेको स्थानीय व्यापारी प्रेम पुनको दुखेसो छ ।


नगरपालिका भएपछि र जनप्रतिनिधि आएपछि खानेपानी समस्या सल्टिने आशा राखेका थियांै अब त्यो पनि सम्भावना देखिएन । पुनका अनुसार बजारबासीले यतिखेर खानेपानीको निकै समस्या झेलिरहेका छन् । सल्लीबजारमा करोडौंको वृहत् खानेपानी योजना परेको थियोे तर तत्कालीन नेकपा एमाले इतरको गुटबन्दीका कारण समिति विवादमा काम अघि बढ्न सकेन । जिल्लाको पहुँचवाला भएको क्षेत्र पनि हो सल्लिबजार ।

नेकपा प्रभावशालि नेता तथा कर्णाली प्रदेशका आर्थिक योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश संसद तथा नेकपा सचेतक गुलावजंग शाह, नेकपा सल्यान जिल्ला अध्यक्ष तथा नगर प्रमुख गोविन्द कुमार पुन र नेकपा जिल्ला सचिव कर्णवहादुर वुढाथोकी (छाहारि) कै गृह नगर हो तर यहाँको खानेपानीको अवस्था भने दयनीय छ । नेता भएर के काम, काम नभए पछि कसलाई गुहार्ने भन्नेमा यहाँका स्थानीयको ठुल्लै पिर परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार