कालिकोटका कोरोना संक्रमितको खुट्टा कुहिएपछि …

कालिकोट, ३२ जेष्ठ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गृह जिल्ला कालीकोटका एक कोरोना संक्रमितले हारघुहार मागेका छन् । आइसोलेसनमा कोरोनाको उपचारमा रहेका एक पुरुषले आफ्नो खुट्टाको घाउँ पाकेर झर्ने गरी कुहिँदासमेत उपचार नपाएको भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट घाउको फोटो सार्वजनिक गर्दै उपचारमा हारगुहार मागेका हुन । कर्णाली प्रदेश सरकारकाे धेरै बजेट, स्राेत, साधन केन्द्रित गरिएकाे कालीकाेटका एक सामान्य अार्थिक अवस्था भएका नागरिककाे स्वास्थ्य उपचारमा सरकारी निकायबाटै हेलचक्रयाइ गरिएकाे छ ।

कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका बिरामी एक संक्रमितले आफ्नो उपचारको माग गर्दै सामाजिक सञ्जाल मार्फत गुहार मागेका छन् । कोरना संक्रमित भई जिल्ला अस्पतालले तयार बनाएको आईसोलेसनमा राखिएका शुभकालिका वडा नं. ४ का एक जना पुरुषले को खुट्टाको घाउ पाक्दापनि आफ्नो उपचार नभएको भन्दै सामाजिक सञ्जालमार्फत उपचारका लागि हार गुहार गरेका हुन् ।

शूरुमा सामान्य पाकेको खुट्टा अहिले दिनप्रतिदिन संक्रमित भएर आफूलाई निकै गाह्रो भएको बताएका उनले आफ्नो स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको प्रतिक्रिया दिएका छन् । ‘खुट्टाको घाउँको उपचारका बारेमा पटक–पटक आइसुलेसनमा खटिने स्वास्थ्यकर्मीसँग आग्रह गरें’ उनले भनेका छन्, ‘तरपनि जिल्ला अस्पताल र खटिएका स्वास्थ्यकर्मीले सुनुवाई नगरेपछि अन्तिम विकल्पका रुपमा सामाजिक सञ्जालमार्फत उपचारको लागि गुहार मागेको हुँ ।’

कोरोना संक्रमितको नाम नखुलाउने भनिएपनि उनले आफैले सामाजिक सञ्जालमा आफ्नो संक्रमणको बारेमा जानकारी दिदैं औषधि नपाएर स्वास्थ्य अवस्था बिजोक भएको बताएका छन् । समाजिक सञ्जालमार्फत आफ्नो यथासक्य उपचार गराई दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका ती संक्रमितले भनेका छन्, ‘राम्रो उपचार नपाएर मेरो स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

मेरो स्वास्थ्य उपचार गराइदिनका लागि म सम्बन्धितत सबै सरोकारवाला निकायलाई पहल गर्दिन हुन् सम्पुर्णमा बिन्ति गर्दछु ।’ कोरना भाईसरबाट मर्ने चिन्ता भन्दा बढि घाउ बिसाएर मर्ने चिन्ताले सताईरहेको बताएका उनले जिल्लाका जनप्रतिनिधि देखि स्वास्थ्यककर्मीसम्म अनुहार मात्र देखाउन आउने र आफुहरुलाई परेको समस्या समाधान नगर्ने गरेको गुनासो गरेका छन् ।

‘कोरोना संक्रमितलाई उपचार गर्ने नाउँमा अर्बौ खर्च भएको सुनिन्छ’ पिडित भन्छन, ‘तर म आफै संक्रमित भएर अस्पतालले व्उवस्था गरेको आइसुलेसनमा छु तर सामान्य उपचारसमेत पाएको छैन् ।’ यो कस्तो खराब अबस्था आयो ? तीनै तहका सरकारप्रति प्रश्न गर्दै उनले भने, ‘बिरामि पर्दा स्याहारको साटो दुर्बेबहार सहनु पर्ने, भेट्नलार्र्इ नत कोहि आफन्त आउँछन, न जनप्रतिनिधिहरु, नत स्वास्थ्यको राम्रो हेरचाह नै छ ।’

कोरोना पिंडित भएर आइसुलेशन भित्र उपचार नपाएर तड्पि तड्पि मर्नु भन्दा त घरमै मरेको भए कम्तीमा गाउँलेहरुको मुख हेरेरत मर्न पाइन्थ्यो जस्ता काहालि पुर्ण शब्द सामाजिक सञ्जालमा लेख्दै उनले बाह्य रुपमा ठूलो तामझाम गरेपनि वास्तविक बिरामीले उपचार नपाएकोप्रति आपत्ति जनाएका छन् । यसप्रति कालीकोट जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले भनेजस्तै उपचार नभएको कुरा हुन नसक्ने प्रतिक्रिया दिए । आइसोलेशनमा रहेका केही जना आज (आइतबार) नैं डिस्चार्ज भएर घर गएको उल्लेख गरेको महतले त्यसका बारेमा थप जानकारी लिने बताए । अलि जटिल समस्या देखिएका बिरामीलाई तत्कालै जिल्ला अस्पताल कालिकोटमा भर्ना गरेर थप उपचार गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता महतले व्यक्त गरे ।

तपाईको प्रतिक्रिया