प्रचण्ड खत्री
रुकुम पश्चिम, ३२ जेष्ठ ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं. १ का ८२ वर्षिय पुरुषलाई कोरोना पुस्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनबाट उक्त पुरुषको कोरोना पुष्टी गरिएको हो ।
सानीभेरी गाउँपालिका वडा नं. १ का उक्त पुरुष पेटको विरामी भई उपचारको लागि कोहलपुरस्थित मेडिकल कलेजको सर्जिकल वार्डमा भर्ना भएका र अस्पतालले पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको भेरी अञ्चल अस्पतालले जनाएको छ ।
युग संवाददाता । । ३२ जेष्ठ २०७७, आईतवार १९:२४