कालिकोटका २५ जनाले कोरोना जितेर घर फर्किए

तुलराज पाण्डे
कालिकोट, ३२ जेष्ठ ।
कालीकोट जिल्लामा कोरोना संक्रमण भई आइसोलेसनमा रहेका २५ जना कोरना पोजेटिभ उपचारपछि निको भएर घर गएका छन् । बाजुराका एक जना, दैलेखका एक जना गरी जम्मा २५ जना कोरोना संक्रमितलाई १४ दिन आईसोलेसन भवनमा राखेर उपचार गरिँदै आएको थियो । उनीहरुको अन्तिम रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको पुष्टि भएको छ ।

जिल्ला सदरमुकाम स्थित एकीकृत भवन अर्थात कोरोना अस्पतालमा सुरक्षित राखेर उपचार गर्दा उनीहरुलाई अन्तिम रिपोर्ट नेगेटिभ आएको बताए । उनीहरुलाई तिलागुफा नगरपालिकाको क्वारेन्टिनबाट ल्याईएको थियो । पहिलो र दोस्रो पटक गरेर जम्मा २९ जना आईसोलेशन भवनमा राखिएको थियो । उनीहरु मध्ये २५ जना आइतबार निको भएर घर फर्किएका छन् । घर जाँनेमा ४ महिना का वालकदेखि ५२ वर्षका पुरुषसम्म निको भएको बताईएको छ । अब ४ जनाको रिर्पोट आउन वाँकि रहेको र उनीहरुको फाईनल रिपोट ३ गते आउने जनस्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी कटक महतले जानकारी दिनुभएकोछ ।

तपाईको प्रतिक्रिया