दैलेखी युथद्वारा अति विपन्न ६० परिवारलाई खाद्यान्न

सुर्खेत, ३२ जेष्ठ ।
कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले गर्दा ज्यालादारीका काम गरि खाने गरिब विपन्न बर्गलाई छाक टार्नलाई निकै हम्मे भएको छ । लकडाउनका कारण समस्या परेका अति विपन्न मजदुरलाई मध्यनजर गर्दै शनिबार दैलेखी युथले ६० घरपरिवालाई खाद्यान्न वितरण गरेका छ । युथले दैनिक ज्यालादारी गरेर घर परिवार चलाउदै आएका नारायण नगरपालिका वडा न ं१ का ६० घरधुरीका अति विपन्न परिवारको डाटा संकलन गरेर उनीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका हो ।

क्लबले प्रतिघरधुरी २५ केजि चामल, १ लिटर तेल, एक केजि दाल, एक केजि नुन, दुईवटा चाउचाउ र २ पिस साबुन र २केजि तरकारी समेत वितरण गरेको छ ।
दैनिक ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दै आएका गरिब, विपन्न र असहाय परिवारलाई एक छाक भएपनि सन्तोसजनक तरिकाले खान पाउन भन्दै समुदायक नितान्त विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको दैलेखी युथका सचिव मनोज भण्डारी बताए ।


उनले भने, ‘यतिमात्र हैन लकडाउन सुरुका अवधीबाट थालिएको यो अभियान आवश्यक परेको खन्डमा विपन्न परिवारको चुलो बान्त तैनाथ हुने छौं ।’ दैलेखी युथले यो भन्दा पहिले त्रिभुवन मावि, भाषा पाठसाला,नारायण र क्याम्पस लगायतका ठाउँका क्वारेन्टाइन बसेकालाई खाजा नास्ताको ब्यस्ता गरीसकेको उनको भनाइ । उनका अनुसार हामीले एक छाक खाना कम खाएर खाजा खाने पकेट खर्च कटाएर साथीभाइ मिलेर यो अभियान सुरु गरेको हौ यो निरन्र्तता पाइरहेने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार