लकडाउन छिचोल्दै कृष्ण मावि लेखसँग्रहीको घेरबार

दुर्गा विसी
सल्लीबजार, ३२ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ७ मा रहेको कृष्ण मावि लेखसँग्रहिमा विद्यालयको गेट निर्माणसँगै घेरबारको काम सम्पन्न भएको छ । जिल्लाको चांैथो पुरानो विद्यालय २००८ सालमा प्रावि स्थापना भैइ २०३५ सालमा मावि सञ्चालन भएको थियो । विद्यालयको भौतिक पूर्वाधारले बल्ल गतिलिन सुरुवात गरेको छ । गत बर्ष ५० लाख बराबरको भवन निर्माण भएको थियोे भने यो आर्थिक बर्षमा विद्यालयले प्रदेश सरकारको बजेटमा घेरवार पाएको छ ।

विद्यालयलाई भौतिक निर्माणमा पहल कदमी गर्ने वडावासी तथा प्रदेश संसद नेकपा कर्णाली प्रदेशका सचेतक गुलाव जंग शाहको विशेष पहल रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द वलीको भनाई छ । जन्मथलो लेखसँग्रही भएका प्रदेश संसद शाहले दुई वर्षमै विद्यालयको भौतिक पूर्वाधारको मुहार फेरिदिनु भएको छ । ६९ वर्षसम्म उक्त विद्यालयमा विकासको कुनै अनुभुति देख्न पाएन । तर संसद शाहको जन्मथलो भए बल्ल यसले केही मुहार फेर्न थालेको स्थानीयको भनाई छ । २० लाख बजेटमा गेट निर्माणसँगै १ सय ९८ मिटर घेरबार गरिएको छ ।


कोरोना कहर छिचोल्दै काम अघि वढाएको विद्यालयका प्रधानाध्यापक मोहन कुमार रोकायको भनाई छ । समितिका अध्यक्ष पहल सिंह खत्रीको तदारुकतामा यो समयमा पनि कामले पूर्णता पाई सम्पन्न भएको छ । जिल्लासँगै नगरको पहिलो पुरानो विद्यालय भौतिक दुराअवस्था थियोे । भवनसं्गै घरबार भएपछि केही राहत हुने जनाएको छ । विद्यालयमा विकास निर्माण हुँदा पुस्तौ पुस्ता कुर्नुपर्ने अवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार