सुर्खेतमा राष्ट्रिय युवा संघको दिप प्रज्वलन

सुर्खेत, ३१ जेष्ठ ।
राष्ट्रिय युवा संघ नेपाल सुर्खेतले शनिबार साँझ वीरेन्द्रनगरमा दिप प्रज्वलन गरेको छ । प्रतिनीधि सभाबाट शनिबार नेपालको नयाँ नक्सा सर्वसम्मत रुपमा संशोधनसहित पारित भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको थियो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतको अगुवाईमा वीरेन्द्रचोकमा दिप प्रज्वलन गरिएको थियो ।

नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संघीय संसदबाट पारित भएपछि युवाहरुले स्वागत तथा खुशियाली मनाएका हुन । केपि शर्मा ओली नेतृत्वको सरकारले इतिहाँसमै पहिलो पटक सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याएर सर्वसम्मत रुपमा नेपालको नक्सा संशोधनसहित पास गराउन सफल भएकोमा युवा नेताहरुले सरकारलाई धन्यवाद दिएका थिए ।


राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश खनालले सरकारको ऐतिहाँसिक सफलता भएको बताए । उनले भने ‘केपि शर्मा ओली नेतृत्वको सरकारको यो ऐतिहाँसिक कदम हो । नेपालीभूमि फिर्ता ल्याउने अभियानको नेतृत्व उहाँले गर्नुभएको छ । त्यसमा नेपालका सबै राजनीतिक पार्टी एक ठाउँ उभिएर एकता प्रदर्शन गर्नु महत्वपूर्ण र थप ऐतिहाँसिक भएको छ ।’ कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका संयोजक पदम वन, युवा संघका केन्द्रीय सदस्य गणेश खनाल, नेताहरु बासु आचार्य, किरण आचार्य लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार