कालीकाेटका वडाध्यक्ष नाङ्गै समातिएपछि …

तुलराज पाण्डे
कालिकोट, ३१ जेष्ठ ।
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सात्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वकर्मा (प्रकाश) अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन । नरहरिनाथ गाँउपालिका वडा नं. ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङगै समातेका छन् ।

माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहेगर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।
स्थानीय दानबहादुर बटालाले वडा अध्यक्ष दलबहादुर बिक मदिरा सेवन गरी गाँउको राजा हुँ भन्दै गाली गजैल गर्ने र स्थानिय महिलाहरुलाई दुव्र्यवहार गर्ने गरेको बताए । उनले भने, वडा अध्यक्ष जे मन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहदै आएका छन् ।

गाँउमा बिभिन्न अपराध गर्ने र पछि धाक धम्की, लोभ देखाएर मिलापत्र गर्ने गरेको उनले बताए । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका विश्वकर्माले पटक पटक यस्तो हर्कत गर्दा पनि पाटी चुप लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । यता वडा अध्यक्ष बिकले रंगेहात पक्रिएको कुरा अस्वीकार गरेका छन् । उनले भने, आरोपित महिला मेरा आफ्नै बहिनी नाता पर्छन् । आर्थिक लेनदेनको बिषयमा बिबाद भएपछि मदीरा सेवन गरेको बेला सामान्य बिबाद भएको हो । बसेर समाधान पनि गरिसकेका छौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री निकट विश्वासपात्र मानिने कालिकोटका वडाअध्यक्ष अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया