भारतबाट फर्किए ४१ हजार कर्णालीबासी

सुर्खेत, ३१ जेष्ठ ।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिकहरु स्वदेश फर्किएका छन् । वैशाखसम्म दुईहजार चारसय नागरिकहरु बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा ह्वात्तै बढेको हो । जेष्ठ ६ गतेदेखि दैनिक शुक्रबारसम्म ४१ हजार सात सय ४० जना कर्णाली भित्रिएको आन्तरिक मामिला तथा कानून मन्त्रलायका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । कर्णाली भित्रिनेमा सबैभन्दा बढी नागरिक दैलेखका र सुर्खेतका छन् । दैलेखका १३ हजार नौ सय ४७ र सुर्खेतका ११ हजार तीन सय ७४ जना रहेको सूचना अधिकारी रोकायले बताए ।

जाजरकोटका तीन हजार ६ सय ५७, सल्यानका तीन हजार एक सय ८५, रुकुमपश्चिमका एकहजार पाँचसय ५६, मुगुका एक हजार तीनसय ५९, जुम्लाका एक हजार तीनसय २४ र हुम्लाका दुईसय ७५ जना छन् । डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको रोकायको भनाइ छ । भारतबाट ४१ हजार बढी नागरिक कर्णाली भित्रिए पनि अँझै आउनेक्रम नरोकिएको सूचना अधिकारी रोकायले जनाए । भारतबाट आएका ४१ हजार नागरिकहरुमा अहिले तीन हजार ९३ महिला र २७ हजार पुरुष गरी झण्डै ३० हजार नागरिक क्वारेन्टाइनमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया