तुलराज पाण्डे
कालिकोट, ३१ जेष्ठ ।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिका अन्तर्गतको पंचदेव मावि मान्म र तिलाकर्णाली बहुमुखी क्याम्पस ताडिमा रहेका क्वारेन्टाइनबाट १२८ जनालाई घर पठाइएको छ । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले क्वारेन्टाइनमा बसेका उनीहरुको ¥यापिड टेस्ट आरडिटि गरेर घर पठाएको हो । भारत तथा नेपालबाट आएका उनीहरु करिब तीन हप्तादेखि नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
खाँडाचक्र नगरपालिका १७ जना पुरुष, रास्कोट नगरपालिका ५३ जना पुरुष र २ जना महिला, तिलागुफा नगरपालिका ६ जना पुरुष, शान्नित्रिवेणि गाउँपालिका ५ जना पुरुष र १ जना महिला, शुभकालिका गाउँपालिका १ जना पुरुष, नरहरिनाथ गाउँपालिका १९ जना पुरुष, पचालझरना गाउँपालिका १० जना पुरुष, पलाता गाउँपालिका ११ जना पुरुष र महावै गाउँपालिका ३ जना पुरुष पंचदेव माविमा मान्म र तिलाकर्णाली बहुमुखी क्याम्पस ताडिमा रहेका २२८ जना शुक्रबार घर फर्किएका छन् ।
उनीहरु सबैको आरडिटि टेस्टमा कोरोना नेगेटिभ देखिएपछी उनीहरुलाई घर पठाइएको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रविन्द्र सेजुवालले बताए । भारत तथा नेपालबाट आएका उनीहरुहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाएर उनीहरुको स्वास्थ्य चेकजाँच पछी मात्रै शुक्रबार घर पठाइएको हो । बिगत तीन हप्तादेखि खाँडाचक्रस्थित पञ्चदेव मावि मान्म र तिलाकर्णाली बहुमुखी क्याम्पस ताडिको क्वारेन्टाइनमा बस्दै आएको उनीहरु भारत दिल्हीबाट फर्केसंगै स्थानीय अगुवा र जनप्रतिनिधिको अनुरोधमा क्वारेन्टाइन बस्न आएका थिए । क्वारेनटाइन अवधि भर खाँडाचक्र नगरपालिकाले सबै किसिमको सेवा सुबिधा प्राप्त गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए ।
उहाँका अनुसार सबैको स्वास्थ्य परिक्षण गरेर घर पठाईएको छ । त्यहाँ जस्तै खाडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, शान्नित्रिवेणि गाउँपालिका, पचालझरना गाउँपालिका,पलाता गाउँपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिकाका अन्य नागरिकको मुहारमा पनि निकै खुशीयालि छाएको छ । खाँडाचक्र नगरपालिका नगर प्रमुख जसि प्रसाद पाण्डेले घरमा सात दिन होम क्वारेन्टाइन बस्न आग्रहसमेत गर्नु भएको छ । क्वाराइनटाईनबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतले खुशीका साथ बिदाइ गरेको बताए ।
उनीहरु खुशी हँुदै घरतर्फ करिब तीन हप्ताको क्वारेन्टाइन बसाई पछी घर फर्कदै थिए । विश्वमाहामरी रुपमा फैलिएको कोरोना भाईरस कोरोना (कोभीड–१९) को संक्रमणबाट ग्रसित छ । नेपाल मात्र होइन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन् । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन भारत तथा संक्ररमीत ठाउँबाट आएका नागरिकलाई स्थानीय तहमै क्वारेन्टाइन राख्ने नीति अवलम्बन संगै खाँडाचक्र नगरपालिका भित्रका विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन निर्माण गरेर बिदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको खाँडाचक्र नगरपालिका वडा नं. ११ एवं नगर प्रवक्ता पुष्पराज गिरीले युग आह्वान राष्ट्रिय दैनिकसंग बताए ।
युग संवाददाता । । ३१ जेष्ठ २०७७, शनिबार ०७:४६