क्वारेन्टाइनबाट घर फर्किदा बाटोमै एक पुरुषको मृत्यु

तुलराज पाण्डे
कालिकोट, ३० जेष्ठ ।
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका एक व्यक्तिको क्वारेन्टाइनबाट घर फर्किदा बिच बाटोमै मृत्यु भएको छ । भारतबाट आएका कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ निवासी एक ६० बर्षिय व्यक्तिको शुक्रबार मृत्यु भएको हो ।

सदरमुकाम मान्ममा रहेको होटल चन्द्रसुर्यको क्वारेन्टाइनमा १५ दिन बसेर कोरोना परीक्षण आरडिटी रिपोर्ट नेगेटिभ देखिएका उनलाई बिहीबार घर पठाइएको थियो । क्वारेन्टाइनबाट घर फर्किएका व्यक्ति शुक्रबार जिल्लाको लालिघाट बजारमा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

क्वारेन्टाइनबाट घर पठाइएका ८४ जना मध्ये ६८ जनालाई मृतक पुरुषसँगै डिस्चार्ज गरेर घर पठाइएको थियो । १६ जना आरडीटी पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए । मृतक व्यक्तिको स्वाब पुन परीक्षण गरिने पनि स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतले बताए ।

तपाईको प्रतिक्रिया