क्वारेन्टाइनमा बसेका महिलाहरुका लागि सेनेटरी प्याड

तुलराज पाण्डे
कालिकोट, ३० जेष्ठ ।
कालीकोट सदरमुकाम मान्म स्थित क्वारेन्टाइनमा बसेका महिलाहरुका लागि सेनेटरी प्याड वितरण गरिएको छ । कोभिड–१९ बाट वच्नका लागि साबुन पानीले धुने गरौ हात, पूर्ण सरसफाईमा उचित ध्यान दिँदै मास्कको नछोडांै साथ’, भन्ने मुल नाराका साथ राष्ट्रिय सरसफाई सप्ताहको अबसरमा महिलाहरुलाई सरसफाई सामाग्री वितरण गरिएको हो ।

कालीकोट सदरमुकाम मान्मस्थित चन्द्रसुर्य होटल र सनलाईट होटलमा क्वारेन्टिनमा रहेका महिलाहरुलाई महिनावारी हुँदा उनीहरुको स्वास्थ्यमा आईपर्ने समस्यालाई मध्यनजर गरी सेनेटरी प्याड वितरण गरिएको छ । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम (WRMP) को आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सेनेटरी प्याड वितरण गरिएको जिल्ला स्तरीय कोभिड–१९ अवस्था अनुगमन समितिका संयोजक बिरेन्द्र बुढाले बताए ।

मुलुकका विभिन्न जिल्ला तथा भारतबाट आएका नरहरिनाथ गाउँपालिकाका ११ जना महिला दिदीबहिनीहरु क्वारेन्टिनमा बस्दै आएकाले उनीहरुको महिनावारी हुँदा झेल्नुपर्ने समस्यालाई मध्यनजर गरी सेनेटरी प्याड वितरण गरिएको वीरेन्द्र बुढाले बताए । नरहरिनाथ गाउँपालिकाका क्वारेन्टिन व्यवस्थापक जय बहादुर बुढालाई ४ सय थान सेनेटरी प्याड हस्तान्तरण गर्दै संयोजक बिरेन्द्र बुढाले दोस्रो चरणमा नरहरिनाथ गाउँपालिकाको खुलालु क्वारेन्टिनमा, शुभकालिका गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका महिला दिदिबहिनीहरुका लागि पनि सेनेटरी प्याड वितरण गरिने बताए ।

तपाईको प्रतिक्रिया