नेपाली कांग्रेस कालिकोटले टिप्पर दुर्घटनाप्रति दुःख व्यक्त

तुलराज पाण्डे
कालिकोट, २९ जेष्ठ ।
कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका अन्तर्गत लालिघाटमा बुधबार ना ८ ख ५१३३ नं. टिप्पर दुर्घटनामा परी ज्यान गुमाउने मृतकप्रति नेपाली काँग्रेस कालिकोटले प्रेस विज्ञप्तीमार्फत शोक ब्यक्त गरेको छ । दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिको शोक ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकोे छ । आफ्नो रोजीरोटी र परिवार पाल्नका लागि भारत गएका रास्कोट नगरपालिकाका नागरिकहरुलाई कोरोना भाइरस कोभिड–१९ को त्रासकाबीचमा उद्धार गर्ने नाममा अमानविय ब्यबहार गरेको नेपाली काँग्रेस कालिकोटले निकालेकोे प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उद्धार गर्ने नाममा नागरिकहरुलाई मानिस बोक्ने गाडीमा नलिएर ढुंगा र माटो बोक्ने टिप्परमा नागरिकहरुलाई लिन खोजी क्षमता भन्दा बढी यात्रु राखेर लिन खोज्दा दुर्घटना हुनु नगरपालिकाको ठूलो गल्ती भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ ‘आफु जनप्रतिनिधि १२ हजारको गाडी रिजर्भ गरी हिड्ने र नागरिकहरुलाई टिप्परमा लगेर ठूलो भ्रस्टाचार गर्ने प्रयास गरेका छन् ।

दुर्घटनामा परी मृत्यु भएका ३ जनालार्ई उचित राहतसँगै क्रिया खर्च उपलब्ध गराउनुपर्ने, दुर्घटनामा परी घाइते भएकाहरुको जीवन रक्षा मृतकका छोरा, छोरीको उच्च शिक्षा निःशुल्क हुनुपर्ने, घाइतेहरुको निःशुल्क उपचार वेपत्ता भएकाहरुको तत्काल खोजी कार्य र नागरिकहरुको ज्यान लिने गाडी चालकलाई कानूनी बमोजिम कार्वाही र नागरिकहरुको क्षति भएको धन सम्पति पनि उपलब्ध गराउन विज्ञप्तीमार्फत माग गरिएको छ । त्यस्ता खालका त्रुटीहरु फेरी नदोहोरिन नगरपालिकाले विशेष ध्यान पुगाउनु पर्ने विज्ञप्तीमार्फत माग गरिएको छ ।

तपाईको प्रतिक्रिया