प्रभाकर मावि क्वारेन्टाइनका ८ जनामा आरडिटि पोजेटिभ

दुर्गा विसी
सल्लीबजार, २९ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको प्रभाकर मावि क्वारेन्टाइनमा रहेका २ सय २९ जनाको आरडिटि चेकजाँचमा ८ जनालाई कोरोना पोजेटिभ देखाएको छ । पिसिआर चेकजाँच रिपोर्टमा उनीहरु २ सय २९ कै नेगेटिभ रिपोर्ट आएको थियोे । तर पुनःसबैको आरडिटि चेकजाँचमा भने २ जनामहिला र ६ जना पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट देखिएको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले जानकारी दिनुभएको छ ।

वडा नं. ७ का ६५ र ७५ बर्षिया दम्पत्तीलाई पनि आरडिटीले कोरोना पोजेटिभ देखाएको छ । बुधबार क्वारेन्टाइनमा बसेको २० दिनपछि उनीहरुको आरडिटी गरिएको थियोे । वनगाड क्याम्पस बनगाड सल्यानमा आरडिटीमार्फत बुधबार गरिएको चेकजाँचमा ८ जनालाई कोरोना पोजेटिभ देखाएको छ ।

पिसिआयार चेकमा रिपोर्ट नेगेटिभ आएका सबैलाई आरडिटीमार्फत पनि रिपोर्ट नेगेटिभ आएपछि घर पठाउन थालिएको छ । १४ दिनमा पनि घरमा नबस्ने नागरिकलाई ठुलो कारवाही गर्ने जनाएको छ । अन्तिम चेकजाँचमा रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुलाई होम क्वारेन्टिनमा बस्न आग्रह बमोजिम घर पठाएको छ तर कदमकदाचित उक्त रुल पालन नगर्नेलाई पुनः१४ दिन क्वारेन्टाइन राख्ने नगर प्रमुख गोविन्द कुमार पुनले बताउनुभएको छ ।

नगरले भिटिएम किड खरिद गरी आफै आफ्ना नागरिकको स्वास्थ्य चेकजाँचमा चनाखो भएको जनाउनुभएको छ । यस्तो अवस्थामा जो कोहि सम्वेदनशिल हुन उहाँको आग्रह छ । बुधबार रिपोर्ट नेगेटिभ आएका नागरिकलाई क्वारेन्टाइनबाट बिदाई गर्दै घरमा फेरी पनि घरमा बस्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया