रुकुम घटना : थप ३ जना पक्राउ, अनुसन्धान अन्तिम चरणमा

जाजरकोट, २९ जेष्ठ ।
रुकुम पश्चिमको चौरजहारी स्थित सोतिमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् का प्रहरी प्रमुख(डिएसपी ) ठगबहादुर केसीका अनुसार, पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८ सोतिका घमण्ड मल्ल,बिष्णु मल्ल सहित सर्वजित भन्ने सबिन पुन रहेका छन् । उनिहरु २८ गते पक्राउ परेका हुन् ।


पक्राउ परेकाहरु मध्ये दुई जना किटानी जाहेरीकै र थप एक जना अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । यो संगै उक्त घटनामा संलग्न भएका वडा अध्यक्ष सहित पक्राउ पर्नेहरुको संख्या २८ पुगेको छ । पक्राउ परेकाहरु माथि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । गत जेठ १० गते अन्तरजातीय प्रेम लाई लिएर गाउँलेहरुले कुटपिट गरेपछि जाजरकोटका नवराज विक सहित ६ जनाको ज्यान गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार