इन्सेकद्धारा स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत, २९ जेष्ठ ।
वीरेन्द्रनगर नगरपालिकास्थित विभिन्न क्वारेन्टाईनमा बस्दै आएकाहरुलाई राहत पु¥याउने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले जेष्ठ २८ गते वीरेन्द्रनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हो । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नपाकै प्राङ्गणमा कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।

स्वास्थ्य सामाग्री प्रदान गर्दै वीरेन्द्रनगरका विभिन्न स्थानका क्वारेन्टाइनमा बस्दै आएका नागरिकहरुलाई राहत पुगोस भन्ने उद्देश्यले इन्सेकले सहयोग प्रदान गरेको संयोजक सुवेदीले बताउनुभयो । वीरेन्द्रनगर नपाको जेष्ठ २० गते सम्पन्न कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कारोना संक्रमणलाई न्युनिकरण् ागर्न संघ संस्थाहरुलाई अनुरोध गर्ने भन्ने बारेमा जानकारी भए लगत्तै यस्तो परिस्थितीमा वीरेन्द्रनगर नपासँग समन्वय गरी अघि बढ्ने उद्देश्यले इन्सेकले सो सहयोग प्रदान गरेको संयोजक सुवेदीले उल्लेख गर्नुभयो ।

इन्सेकले प्रदान गरेको राहत सहयोग ग्रहण गर्दै वीरेन्द्रनगर नपा का कार्यवाहक प्रमुख मोहनमाया ढकालले विषम परिस्थितीको समयमा गरिने सानो सहयोग मुल्यवान हुने बताउनुभयो । मानव अधिकारको संरक्षण सम्बद्र्धनमा समर्पित इन्सेकले यस समयमा गरेको सानो सहयोग अतिमुल्यवान भएको र अन्य संघ संस्थाको पनि यस्तै सहयोग गरेमा वीरेन्द्रनगरमा कोरोना संक्रमणलाई न्युनिकरण गर्न सहज हुने उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगर नपामा बढ्दो कोरोना संक्रमणलाई न्युनिकरण गर्न इन्सेकले सर्जिकल मास्क १५ सय थान, एक सय एमएलको सेनिटाइजर एक सय थान, झुल १० थान, एन ९५ मास्क २० थान र लाईफ ब्वाय साबुन एक सय थानसहयोग प्रदान गरेको इन्सेक कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत सोम चौधरीले बताउनुभयो ।

त्यस्तै संयोजक सुवेदीसहितको इन्सेकको टोलीले जेष्ठ २८ गते वीरेन्द्रनगर नपा ८ स्थित २ वटा क्वारेन्टाईनको स्थलगत अनुगमन पनि गरेको छ । अनुगमनको क्रममा सुर्खेत क्याम्पस शिक्षा र मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय परिषदमा स्थापना गरेको पूर्व सावधानी गृह (क्वारेन्टाईन) बसेकाहरुले खानाको उचित व्यवस्थापन भएपनि खानेपानी, शौचालय र स्यानिटाईजर अभावको समस्या भोग्नु परेको बताए ।

भारतको विभिन्न स्थानबाट आएका उनीहरुले एयटै कोठामा ५ जना बढी कोचिएर बस्न बाध्य हुनु परेको, सर्जिकल मास्क आफैले किन्नु परेको, आआफनो समुह एकै कोठामा बसे पनि सामुहिक शौचालय प्रयोग गर्न बाध्य हुँदा असुरक्षित महशुस गर्नुपरेको दुखेसो पोखेका थिए ।

तपाईको प्रतिक्रिया