दुर्गा विसी
सल्लीबजार, २८ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको बनगाड क्याम्पस बनगाड सल्यानमा रहेको क्वारेन्टाइनका ८ जनालाई आरडिटी चेकजाँचबाट पोजेटिभ रिपोर्ट आएको छ । पिसिआर रिपोर्टमा नेगेटिभ आएका ८ जनालाई आरडिटी चेकजाँच गर्दा पुनःपोजेटिभ आएको छ ।
एक जना दुई वर्ष वालकसहित ७ जनालाई आरडिटी रिपोर्ट पोजेटिभ आएको सरुवा रोग विशेषज्ञ डाक्टर इन्द्र थापाले जानकारी दिनुभएको छ । रामजानकी प्रावि राउचका पिसियार रिपोर्ट नेगेटिभ आएका ८१ जना र बनगाड क्याम्पस बनगाड सल्यान क्वारेन्टाइनका ७५ जनालाई आरडिटी चेकजाँच पछि घर पठाएको छ ।
बुधबारपनि घर पठाएका सबैलाई १४ दिन घरमै होम क्वारेन्टाइनमा बस्न ताकेता गरिएको नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले बताउनुभएको छ । त्यसैगरी गंगा प्रावि अम्राका १३ जना पोजेटिभ मध्ये ११ जनालाई रुकुम चौहरजारी अस्पताल लगिएको छ भने बाँकी ३ जनालाई जिल्ला अस्पताल सल्यान लगिएको छ । १४ दिन समयअबधी कटेमा आरडिटीबाट पनि संक्रमण पहिचान हुने जनाएको छ ।
युग संवाददाता । । २८ जेष्ठ २०७७, बुधबार २०:२९