बेलायती पूर्व सैनिकको सहयोग

सुर्खेत, २८ जेष्ठ ।
बेलायतको सेनाबाट निवृत्त हुनुभएका बेलायती पूर्व सैनिक र हाल कार्यरत सैनिक दाजुभाईहरुले आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । वीरेन्द्रनगर वडा नं. १ निवासी मान बहादुर गुरुङ, रमेश गुरुङ, मिलन गुरुङ, सहवीर बुढामगर, नगेन्द्र राना, सुजन थापा, मीन बहादुर रोका र कर्ण बहादुर रानाले वडाको क्वारेन्टाइन व्यवस्थापनमा नगद सहयोग गर्नुभएको हो ।

वीरेन्द्रनगर–१ स्थिल त्रिपुरेश्वर माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टाइन व्यवस्थापनमा सहयोग पुग्ने गरी ६५७८० रुपैयाँ नगद वडा अध्यक्ष गंगाराम सुनार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद शर्मा, प्रधानाध्यापक रुद्र बहादुर खत्री, वडा सदस्य बुद्धिसरा विक, पूर्व शिक्षक छविलाल गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । क्वारेन्टाइन व्यवस्थापनमा ५५७८० रुपैयाँ र सुरक्षार्थ खटिने ४ जना स्थानीय युवाहरुका लागि १० हजार रुपैयाँ गरी कुल ६५ हजार ७ सय ८० रुपैयाँ नगद सहयोग गरिएको थियो ।

तपाईको प्रतिक्रिया