ताजा खबर
  

डोल्पामा संकास्पद २ सय २२ जनाको पि.सि.आर नेगेटिभ

रामचन्द्र न्यौपाने
डोल्पा, २८ जेष्ठ ।
डोल्पाको जगदुल्ला गाउँपालिकाका दुई सय बाईस जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणबाट गत १९ गते राति मृत्यु भएका ५८ बर्षिय बृद्धसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर कोरोना परिक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना परीक्षणमा दुई सय बाईस जनाकै रिपोर्ट नेगेटिभ आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो । स्वाब संकलन गरेर मंगलबार जुम्ला फर्केको प्रतिष्ठानको टोलीले रातभर कोरोना परीक्षण गरेर बुधबार दिउसो रिपोर्टका बारेमा जानकारी गराएको पाण्डेले बताउनुभयो । डोल्पामा पहिलो पटक कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाभर त्रास छाएको थियो । बुधवार सबैको रिपोर्ट नेगेटिभ आएपछि जिल्लाबासी खुशी भएकाछन् । उनको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार