सिम्तामा किसानलाई वोयर वोका

दुर्गा विसी
सिम्ता, २८ जेष्ठ ।
सुर्खेत सिम्ता गाउँपालिकामा किसानलाई वोयर बोका वितरण गरिएको छ । सिम्ताका ९ वटै वडाका करिव १७ समुहलाइ ३५ वटा वोयर क्रस ५० प्रतिशत जातको बोका वितरण गरिएको छ । सिम्ता पशु स्वास्थ्य शाखाको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा उक्त बोका वितरण कार्यक्रम भएको जनाइएको छ ।


उन्नत जातको नश्ल सुधार बोका वितरणले किसानको उत्पादनमूलक क्षेत्रमा टेवा पुरयाउने आशा राखिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ । करिव १० लाख ५० हजार गाउँपालिकाको आर्थिक सहयोग र समुहमा आबद्ध किसानको ५ प्रतिशत लगानीमा किसानलाई उन्नत जातको बोयर बोका वितरण गरिएको सिम्ता गाउँपालिका पशु सेवा कार्यलयका प्रमुख दिलवहादुर पुनले जानकारी दिनु भएको छ । बुधबार मात्रै सिम्ताको राकम, गोजिवजार, कालिखोला र बाँखर्क वजारमा बोयर बोका वितरण कार्यक्रम आयोजना गरिएको थियोे ।

तपाईको प्रतिक्रिया