वडा अध्यक्ष मल्ल र समाजसेबी चन्दद्वारा मजदुरको उद्दार

प्रचण्ड खत्री
रुकुम पश्चिम, २८ जेष्ठ ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. १ का २ जना समाजसेवीले भारतको केरालाबाट फर्कने क्रममा तामिलनाडु राज्यको बोडरमा अलपत्र परेका १५० जना ब्यक्तिहरुलाई उद्दार गर्नुभएको छ । वडा नं. १ का वडा अध्यक्ष हर्कु मल्ल र समाजसेवी पबन कुमार चन्दले उद्दार गर्नुभएको हो ।

१५० जना मजदुरहरुलाई तामिलनाडु प्रदेशको सरकारले आफ्नो राज्यमा प्रवेश गर्न नदिएपछी त्यहाँका मजदुरहरुले वडा नं. १ का वडा अध्यक्ष हर्कु मल्ल र समाजसेवी पबन कुमार चन्दलाई फोन गरेपछी उनीहरुको पहलमा घर पुगेका छन् । अध्यक्ष मल्ल र समाजसेवी चन्दले विशेष कागजात मिलाएर मेल गरिएपछि त्यहाँको सरकारले मेल हेरेपछी मजदुरहरूलाई छोडेको मजदुरहरुले जनाएका छन् ।

समाजसेवी चन्द भन्नुहुन्छ ‘मजदुरहरुको मलाई फोन आयो र फोनमा भने हामीलाई तामिलनाडु सरकारले बोडरमा रोकेको छ । हामीलाई नेपाल आउन वातावरण मिलाईदिन भनेपछी आफू र वडा अध्यक्ष मल्लले सबै कागतजात मिलाएर पठाइदिए पछि उनीहरु अहिले घर पुगेको छ’ भने कसैले भारतको यात्रा गरिरहेको बताएको छ । नेपाली मजदुरलाई आधिकारिक पत्र उपलब्ध गराईदिएको बताउनुभयो ।

उनीहरुले पहिलो चरणमा ९० जना र दोस्रो चरणमा ६० जना गरी १५० जनालाई उद्दार गरिएको बताउनुभयो । उनीहरु कपिलवस्तुको तौलिहको बोडरबाट घर पुगेका हुन । रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ३ का ६४ जना बाफिकोट गाउँपालिका वडा नंं. १ का ९ जना र वडा नं. २ का २१ जना आफ्नो जन्मथलो पुगेर क्वारेन्टाइनमा अनुशासनपूर्बक बसेको पाईएको छ । त्यस्तै ६० जनाले भारतको उत्तरप्रदेशको यात्रा गरिरहेको र ३० जना तामिलनाडु राज्यमा पुगेको बताएको छ ।

तपाईको प्रतिक्रिया