प्रदेश अस्पतालको इमरजेन्सी कक्ष शिल, ५ जना स्वास्थ्यकर्मी आइसोलेसनमा

सुर्खेत, २८ जेठ ।
अस्पतालमा भर्ना भएका सुर्खेतस्थिति प्रदेश अस्पतालको इमरजेन्सी कक्ष शिल गरिएको छ । इमरजेन्सी कक्षमा भर्ना गरिएका एक विरामीमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरिएको प्रदेश अस्पतालका कोरोना फोकलप्रशन डाक्टर केएन पौडेलले जानकारी दिए ।


५ जना स्वास्थ्यकर्मीहरु आइसोलेसनमा बसेका छन् । हिजोराती गएराती बराहताल गाउँपालिका–४ को भेरी माध्यमिक विद्यालयको क्वारेन्टाइमा बसेका ५० वर्षे एक पुरुषलाई सर्पले टोकेपछि अस्पताल भर्ना गरिएको थियो । रातीनै पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्यशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया