बाँफिकोटको वडा सभा

प्रचण्ड खत्री
रुकुम पश्चिम, २७ जेष्ठ ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ३ को चौंथो वडा सभा सम्पन्न भएको छ । चौंथो वडा सभाले विशेष गरी सिंचाई, खानेपानी, सडकलाई प्राथमिकता दिईएको वडा सचिव प्रवेश परियारले बताए । त्यस्तैगरी वडा सभाले वडा नं. ३ का केही विद्यालयलाई मर्मतको योजना पनि अगाडि सारेको हो ।

२०७६÷०७७ को योजनाको समीक्षासमेत गरिएको थियो । समिक्षाले सबै काम सन्तोषजनक पाइएको बताएको छ । २०७६÷०७७ को १७ लाख बजेट शिक्षा, स्वास्थ, खानेपानी, सडकमा खर्च गरिएको वडा कार्यालयले जनाएको छ । २०७७/०७८ को बजेटबाट कोरोना भाईरस अर्थात कोभिड–१९ लाई बिशेष तरिकाले बजेटको ब्यबस्थापन गर्ने वडा अध्यक्ष चन्द्र बहादुर केसीले बताए ।

वडा अध्यक्ष चन्द्र बहादुर केसीको अध्यक्षतामा भएको वडा सभामा गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै वडा सभामा वडा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन वडा सचिव प्रवेश परियारले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया