धेरै समयपछि गाउँमा सिँचाई कुलो

प्रचण्ड खत्री
रुकुम पश्चिम, २७ जेष्ठ ।
रुकुम पश्चिमको एउटा गाउँमा बर्षौपछि सिँचाई कुलो पुगेको छ । जिल्लाको बाफिकोट गाउँपालिका वडा नम्बर ३ कोलचौरमा सिँचाई पुगेको हो । गाउँ नजिकै बर्षभरी बग्ने छिप्रा छिप्रा भएता पनि अहिलेसम्म त्यस गाउँमा सिँचाइ पुगेको थिएन । त्यस गाउँमा धेरै समयपछि सिँचाई पुगेको स्थानीय बासिन्दाले बताएका छन् । त्यस गाउँमा सिँचाई नहुदा बर्षाको समयमा मात्र बाली उत्पादन हुने गरेको थियो । सिचाईको अभाव रहेको रुकुम पश्चिमको बाँफिकोटको गाउँपालिकाको एक गाउँमा बर्षौं पछि सिँचाई सुविधा निर्माण उपभोक्त समितिका अध्यक्ष कुल बहादुर खत्रीले बताए ।

बाफिकोट गाउँपालिका–३ कोलचौरका स्थानीयहरुले धेरै समयपछि सिंचाई सुविधा प्राप्त गरेका छ्न । यसअघि गाउँ आफ्नै गाउँ नजिकै छिप्रा खोला बग्ने भएतापनी कुनै सरकारी र गैरसरकारी संस्थाले सहयोग गरेका थिएनन । त्यस छिप्रा खोलाबाट बाफिकोट गाउँपालिकाको कुनाखेत गाउँ, लामाचौर गाउँ, थारकाटे गाउँका स्थानीयले त्यस खोलाबाट सिँचाई प्रयोग गर्दै आएका छ्न । त्यस खोलाबाट ८ वटा सिचाई कुलो निर्माण गरिएको बताएको छ । त्यस खोलाको पानी बर्षा याममा बढेर ठुलो हुन्छ र हिउँदमा सानो भएका कारण सबै गाउँमा पुग्न असजिलो हुन्छ । खोला बग्ने भए पनि उनीहरुले राम्रोसँग सिंचाईको उपयोग गर्न पाएका थिएनन् । स्थानीय आफैले सिँचाई निर्माण गर्न सम्भव नभएपछि सिँचाई निर्माण गरिदिन पटक–पटक विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा माग गर्दै आएका थिए । तर कतैबाट सिंचाई निर्माणको लागि काम सुरु हुन सकेको थिएन ।

स्थानीयको माग अनुसार तत्कालीन कृषि विकास कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोगमा सिंचाई कुल निर्माण भएको हो । २०५६ सालमा निर्माण भएको उक्त सिँचाई कुलो लामो समय सम्म प्रयोगमा आउन सकेको थिएन ।  जम्मा २५ लाख ४३ हजार १ सय ९६ रुपैयाँमा सम्पन्न भएको उक्त सिंचाई योजनामा कृषि विकास कार्यालयबाट २१ लाख २५ हजार अनुदान रहेको थियो भने स्थानीयले ४ लाख १८ हजार १ सय ९६ बराबरको श्रमदान गरेका थिए । यस सिंचाई कुल बनेपछि यहाँका ७० घरधुरी लाभान्वित भएको निर्माण उपभोक्त समितिले जनाएको छ । उनका अनुसार गाउँमा सिँचाई पुगेपछि यहाँका स्थानीयहरु खुशी भएका छन्।

अब आगामी वर्ष खेतबारीमा गहुँ मकै र असारमा धान रोपाईमा सिंचाई गर्नुका साथै बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्न सजिलो हुने बिश्वास लिएको छ ।  सिंचाई अभावले त्यस गाउँका स्थानिय बेमौसमी तरकारी र सिजन अनुसारको तरकारी खेती गर्न गर्दा हरियो सागपात र तरकारी समेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानी समेत गर्न सक्ने स्थानीयको आशा रहेको छ ।

तपाईको प्रतिक्रिया