सडक सञ्जाल जोडिएपछि स्थानीय खुशी

दुर्गा विसी
सल्लीबजार, २७ जेष्ठ ।
सल्यानको सिद्धकुमाख गाउँपालिको वडा नं. ४ सागिनेमा सडक सञ्जालले जोडेको छ । सडक गाउँमा पुगे पछि स्थानीय हर्शित बनेका छन् । निकै लामो समयपछि गाउँपालिका केन्द्र देखि वडा ४ को सागिने वस्तिसम्म सडक सञ्जाल जोडिएको उपाध्यक्ष पुष्पा बोहराले बताउनु भएको छ ।

गाउँपालिकाको तर्फबाट र प्रदेश सरकारको पहलमा ३ वर्षमा करिव २ करोड ८५ लाख वरावरको वजेट खर्चिएको जनाएको छ । बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ५ खैरागार हुदै २ वर्ष पहिला नै सागिनेको केही भुभागमा सडक पुगे पनि गाउँपालिकाको केन्द्र देखि यो वर्ष मात्रै सडकले जोडिएको छ । वडा ४ को भुगोल र अफ्ठेरो चटानी भुगोलका कारण सडक पु¥याउन निकै कठिनाई भए पनि सफलता पाएको वडा स्थानीय शिक्षक नवीन चलाउनेको भनाइ रहेको छ ।

अब उक्त सडक प्रदेश राजधानी जानको लागि निकै कम दुरि पर्ने र बनगाखोला,डाँसी खोलामा पक्कि पुलसँगै सडक स्तरवृद्दि तर्फ प्रदेश सरकारको स्थानीयले ध्यानाकर्षण गराएका छन् । यहि आर्थिक वर्षमा उक्त सडकलाइ प्राथमिकमा पारिदिन विभिन्न निकायलाई अनुरोध समेत गरिएको छ । सडक पुगे पछि गाउँलेमा निकै खुसियाली छाएको अर्का स्थानीय घनवहादुर चलाउनेको भनाई छ । घण्टौ पैदल हिडेर जानुपर्ने वाध्यता टरेको छ । वजार आवत जावतमा समेत सहजता थपिने स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया