खाँडाचक्रका २६ घरधुरीमा एक घर एक धारा

तुलराज पाण्डे
कालिकोट, २६ जेष्ठ ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा एक घर एक धारा जडान अभियान सुरु भएको छ । नगर प्रमुख जसीप्रसाद पाण्डेले एक कार्यक्रमवीच एक घर एक धाराको उद्घाटन गरेका थिए । कोरोना भाईरस (कोभिड–१९) बच्नको लागि सरसफाईका लागि दैनिक रुपमा प्रयोगमा आउने खाने पानी, कपडा धुने र सरसफाई को लागि महत्वपूर्ण भुमिका खेल्ने नगर प्रमुख पाण्डेले बताए ।

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाका वडा नं. ११ स्थित बबेडि खानेपानी आयोजनाबाट लाभान्वित २६ घरधुरीमा मिटर सहित एक घर एक धारा को निर्माणकार्य सम्पन्न गरिएको भएको छ । विश्वमाहामरी रुपमा फैलीएको कोरोना भाईरस (कोभिड–१९) काकारण विश्व नै त्रसित भएको बेला खाँडाचक्र नगरपालिकाले भने आफ्ना आयोजनाहरुलाई निरन्तर सेवामा रहेको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए ।

युनिसेफ नेपाल र खाँडाचक्र नगरपालिकाको आर्थिक सहयोगमा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता परियोजनाको सहयोगमा सम्पन्न भएको हो । उक्त आयोजनामा खानेपानी सरसफाई तथा स्वच्छता संयोजक गणेश बहादुर रावलको सहजिकरण गरेको बताए । उक्त कार्यक्रममा खाँडाचक्र नगरपालिकाका इन्जिनियर सुमित भट्टले प्राविधिक स्टमेट अनुसार काम भएको बताए । वडा नं.११ का वडा अध्यक्ष पुष्पराज गिरीलाई बबेडिका नागरिकले जनताको लोकप्रिय वडा अध्यक्ष पाएकोमा अत्यन्तै खुसशी भएको एक स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया