कर्णालीमा थप १० जनामा कोरोना पुष्टि

सुर्खेत, २६ जेठ ।
कर्णालीमा आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखका चारजना, सल्यानका पाँच जना र सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखमा आठविस नगरपालिका वडा नं. ७ का एक, नौलुले गाउँपालिका वडा नं. १ जडा नं. ७ र वडा नं. ८ का एक÷एक जना रहेका छन् ।

त्यस्तै सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. २ का दुई जना र वडा नं. ३ का एकजना, कुमाख गाउँपालिका वडा नं. १ र ३ का एक÷एक जना र सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १० का एकजनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँग कर्णालीमा संक्रमितको संख्या ६ सय ५१ पुगेको छ । जसमध्ये ११ जनाले कोरोना जितेर घर फर्किंदा ३ जनाको मृत्यु भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार