कोरोना संक्रमितलाई डिएसपी ओलियाको निर्देशन

तुलराज पाण्डे
कालिकोट, २६ जेष्ठ ।
कोरोना भाइस (कोभिड–१९) संक्रमितलाई सदरमुकाम मान्ममा रहेको कोरोना अस्पतालमा गयर प्रहरी प्रमुख डिएसपी श्याम बाबु ओलियाले विश्वमाहामरी रूपमा फैलिएको कोरोना भाइस (कोभिड–१९) संक्रमित २६ जनालाई अनुशासित भएर बस्न निर्देशन दिनुभएको छ ।

भारतबाट आएकाहरुलाई जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाइनबाट पिसिरा चेक गरी पोजेटिभ देखिएकाहरुलाई जिल्लाको एकीकृत भवनमा कोरोना अस्पताल नामाकरण गरी आइसुलेसनमा राखिएको छ । उनीहरुले केहि दिन अगाडि आफुहरुलाई कुनैपनि ब्यबस्था नगरिएको भन्दै झ्यालबाट पानि फाल्ने, थुक्ने, भात फाल्ने बाहिर आएको मान्छेहरुलाई जिस्काउने र स्वास्थ्यकर्मीहरुलाई पानीको बोतलले हानेको भन्ने रेडियो नयाँ कर्णाली टोलीका स्थानीय झरना मल्लले गुनासो गरेपछि डिएसपि श्याम बाबु ओलियाले विश्व माहामरी रूपमा फैलिएको कोरोनाभाइस संक्रमित २६ जनालाई अनुशासित भएर बस्न निर्देशन दिनुभएको हो ।


आइसुलेसनमा राखिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अबस्था र उनीहरुको समस्या बुझ्नुका लागि खाँडाचक्र नगरपालिकाका मेयर जसी प्रसाद पाण्डे, रणसुर गुल्मका गुल्मपति उत्तम कटुवाल, सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाई, शसस्त्र प्रहरी प्रमुख रामबहादुर पाली बोगटी, जिल्ला स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष सरोज बोगटी, स्वास्थ्य प्रमुख डा. भिष्म पोख्रेल, डा. बिज्ञापन प्रजापति, डा. राजकमल कार्की, जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महत्त, खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्याय, प्रेस संगठन नेपाल कालिकोटका संयोजक भरतराज बिष्ट लगायत टोलीले उनीहरुले राखेका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ ।

कोरोना संक्रमितहरुले आइसुलेसनमा बसुन्जेलसम्म आफ्नो स्वास्थ्य र अरुको स्वास्थ्यको ख्याल गर्नुपर्ने भएकाले समस्या भएको खण्डमा पुरा गर्ने तर बदमासी काम गर्ने गुनासो मात्र राख्ने जे मन लाग्यो तेहि गरेमा ब्यबस्थापन गर्नेहरुलाई पनि समस्या हुने भएकाले धैर्य भएर बस्न आग्रह समेत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार