दुर्गा विसी
सल्लीबजार, २६ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका क्वारेन्टाइनमा यो समाचार तयार पार्दा १५ सय ६४ नागरिक भित्रि सकेका छन् । तर तिनिहरुको स्वास्थ्य अवस्था, वसाइ, खानपिन,पानी र बत्तिको अवस्था वुझ्न नगर प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मञ्जु यरी विहानदेखि वेलुकिसम्म दौडधुपमै दिन बित्ने गरेको छ ।
आइतबार प्रभाकर मावि, बनगाड क्याम्पस बन्गाडमा कोरोना संक्रमितहरुलाइ जिल्ला पठाएपछि मिल्कि एकेडेमी ढोरपिपल, महेन्द्र मावि आँपचौर र भेरी निमावि गराको अनुगमन गर्नुभएको छ । उक्त क्षेत्रका क्वारेन्टाइनहरुमा बसेका नागरिकका व्यवस्थापनका वारेमा चासो राखिएको थियो । सामान्य अपुग कुराहरु वडाअध्यक्षहरुलाई मिलाउन आग्रह समेत गरिएको छ ।
बनगाड कुपिण्डेका २९ वटा क्वारेन्टाइनमा १५ सय ४२ नागरिक भारतबाट भित्रिएकालाइ राखिएको छ । जस मध्ये १ सय ७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको सबैलाई उपचारका लागि प्रदेश राजधानी र जिल्ला पठाएको छ । बाँकी क्वारेन्टाइनमा रहका नागरिकको अवस्था बुझ्न नगर प्रमुख लगायतको टोली दैनिक विभिन्न क्वारेन्टाइन पुगि समस्या सुन्ने र सम्झाउने काम गरिएको छ ।
युग संवाददाता । । २६ जेष्ठ २०७७, सोमबार ०७:०४