एम्बुलेन्सले बाटोमै शव छोडेपछि …


सुर्खेत, २६ जेष्ठ ।
वीरेन्द्रनगर–६ बसपार्कमा एक युवाको शव बेवारिसे बनेको छ । करिव १८/१९ बर्षका घाइते युवालाई उपचारका लागि नेपालगंजतर्फ लाँदै गरिएको थियो । एम्बुलेन्समा राखेर उपचार गर्न नेपालगंज लाँदै गर्दा बाटोमै मृत्यु भएपछि एम्बुलेन्सले सुर्खेत बसपार्कको गेटमै छोडेको जनाइएको छ । आइतबार मध्ये रातीदेखि लास बेवारिसे बनेपछि बसपार्क वरपर त्रास छाएको छ । दैलेखबाट धेरै जना विरामी ल्याएर अाएकाे एम्बुलेन्सले एक जनाकाे बाटाेमै मृत्यु भएपछी छाडेर अरु विरामी पुराउन नेपालगज गएकाे हुन सक्ने स्थानीयले अाशका गरेका छन ।

शवकाे नजिकै उसले प्रयाेग गर्ने केही थान कपडाका ब्याग राखिएकाे छ भने शवलाइ सुताएर कपडाले बेरबार पारेर छाेडीएकाे छ ।  प्रहरीलाई जानकारी गराएपनि प्रहरी लास भएको स्थानमा नआइपुगेको वरपरका प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । के को विरामी ? कहाँ लाँदै ? किन छोडियो ? आफ्न्त को हुन ? यसको सोधि खोजी भैरहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया