कोरोना संक्रमितलाई नेकपा सचिव शाहीद्वारा फलफुल वितरण

तुलराज पाण्डे
कालीकोट, २५ जेष्ठ ।
कालिकोट जिल्लामा कोरोना भाईरस(कोभिड–१९) बाट संक्रमित नागरिकलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरणका क्रममा भेट्दा उनीहरुको कोरोनालाई जितेर घर जाने आत्मविश्वास देखेपछि आफु अत्यन्तै खुशी भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोटका सचिव नगिन्द्र शाही(नेश्नल)ले बताए ।

आइसोलेसनमा रहेका कोरना संक्रमितलाई फलफुल लिएर कोरोना संक्रमित व्यक्तिहरुको अवस्था बारे बुझ्न नगिन्द्र बहादुर शाही (नेशनल)आईसोलेसन रहेको एकिकृत भवनमा पुगेर अवस्थामा बुझेका थिए । सामाजिक दुरीलाई प्रयोग गर्दै उनीहरुका समस्या बारे जानकारी लिए । ‘केहि सामान्य व्यवस्थापनको कमि रहेछ, विरामीका समस्याहरुको समाधानका लागी पहल गर्ने र स्वास्थ्य लाभको कामना गर्दै मैले सहानुभति दिँदा उनीहरु निको भएर घरफर्किने अठोट र आत्मबलदेँखे’ उनले भने ।

उनिहरुमा खानपिन र औषधि उपचारमा कमि हुन नदिए निको भएर घरर्फकिने ईच्छा शक्ति देखिएको नेकपा सचिव नगिन्द्र शाही (नेशनलले) वताए । ‘आईसोलेसनमा देखिएका सामान्य समस्या समाधानका लागि सम्बन्धित निकायसंग कुरा गरी सकेको छु, उनीहरुलाई बचाउनु हामी सवैको कर्तव्य हो बर्षाैदेखि परिवारबाट टाढा भएका उनीहरुलाई निको भएर घरपरिवारसंग भेट्ने सपना पुरा हुनेमा मैले विश्वास लिएको छु’ सचिव शाहीले भने ।

सचिव शाहीका अनुसार कालीकोटमा भारतबाट आएका धेरै नागरिकहरु क्वारेन्टाईनमा बसिरहेका छन् धेरैको अहिलेसम्म पिसिआर भएको छैन् उनीहरुको समयमा स्वास्थ्य चेकजाँच गरी संक्रमित भएकालाई बचाउनु अहिलेको चुनौति भएको छ ।  क्वारेन्टाईनमा व्यवस्थापनका लागी स्थानिय सरकारलाई सहयोग गर्न नेकपाको पहलमा जिल्लाभरका कोराईन्टाईनमा ५ सदस्यीय सर्वदलिय स्वयमसेवक समेत वनाएको र उनिहरु खटिरहेका छन् । संघियताका कारण लामो समयदेखि सदरमुकाम मान्ममा खालि रहेको एकिकृत भवनमा जिल्ला अस्पतालले ५० वेडको आईसोलेसन कक्ष निर्माण गरेको थियो ।

अस्पतालले निर्माण गरेको आईसोलेसन कक्षमा शुभकालीका गाउँपालिका १५ जना,महावै गाउँपालिका ७ जना,पलाता गाउँपालिका १ जना,शान्नि त्रिवेणी गाउपालिका १ जना,तिलागुफा नगरपालिका १ र वाजुराका १ जना गरि २६ जना कोरोना संंक्रमित वस्दै आएका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनस्वास्थ्य अधिकृत कटक वहादुर महतले बताए । महतका अनुसार डाक्टर राजकमल कार्कीसहित ६ जनाको स्वास्थ्यकर्मीको टोली संक्रमितको उपचारमा खटिएको छ भने दिनको दुई पटक विरामीको स्वास्थ्य परिक्षण गर्ने गरिएको समेत बताए ।

तपाईको प्रतिक्रिया