कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण

सुर्खेत, २५ जेष्ठ ।
कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र सल्यानका थप ५४ जनालाई कोरोना संक्रमण देखिएको हो । शनिबारसम्म कर्णालीमा जम्मा ५ सय ८७ जना कोरोना संक्रमित थिए ।

योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । आइतबार (आज) संक्रमण पुष्टि हुजेहरूमा सल्यानका २८ जना, सुर्खेतका २० जना, कालिकोटका ३ जना र दैलेखका ३ जना रहेका छन् । हालसम्म कर्णालीमा कोरोनालाई जितेर ७ जना घर फर्किसकेका छन् । शुक्रवार दैलेख र सुर्खेतका ७ जना कोरोनालाई परास्त गरि प्रदेश अस्पतालबाट डिस्चार्ज भएका हुन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ ।

दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका ३५ वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । कर्णालीका १० जिल्लामध्ये ९ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । अब कर्णालीमा कोरोना संक्रमण पुग्न रूकुमपश्चिम मात्रै बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया