क्वारेन्टाइनका नागरिकलाई मनोविमर्श परार्मश

दुर्गा विसी
सिम्ता, २५ जेष्ठ ।
सुर्खेत सिम्ता गाउँपालिकामा क्वारेन्टिनमा रहेका नागरिकको उच्च मनोबल बढाउन परामर्श दिन थालिएको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाहि क्वारेन्टाइनमा रहनु भएको नागरिकको उच्च मनोबल बनाउनका लागि टिपीओ नेपालकी मनोविमर्शकर्ता शर्मिला विसी लगायतको टोलीले सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धि सहजिकरण गर्दै आएको छ ।

प्रत्येक क्वारेन्टिनमा पुगेर उक्त टिमले तनाव व्यवस्थापन, चिन्ता र कोरोनाबाट बच्ने उपाएका बारेमा सहजिकरण गर्ने गरिएको छ । अधिकांश भारतबाट आएका २२ सय ९९ नागरिक सिम्ताका विभिन्न विद्यालयका क्वारेन्टिनमा रहेकाले उनीहरु समयमा रिपोर्ट नआउँदा आतिन थालेका छन् ।

पिसिआर चेकजाँच गरिएको दुई हप्ता सम्म पनि रिपोर्ट नआएको गुनासो छ ।त्यसै गरि सिम्ता गाउँपालिकाले पिसिआर चेकजाँच भएका १ सय ७४ र बाँकी आरडिटि चेकजाँचबाट नेगेटिभ २ सय ८० जनालाई घर पठाएको छ ।  पिसिआरबाट १ जना र आरडिटिबाट १६ जनाको रिपोर्ट पोजेटिभ आए पछि स्वाब पठाएको जनाएको छ ।


घर पठाएका उनिहरु सबैलाई १४ दिन होम क्वारेन्टिनमा वस्ने भनिएको छ । आरडिटी रिपोर्ट गरेर मात्रै घर पठाएपछि स्थानीयले सामाजिक सञ्जालमा चर्को विरोध गरेका छन् । तर पिसिआरकै रिपोर्ट आउन महिना दिन लाग्न थालेपछि समस्या झन थपिएको जनाएको छ । दुई हजार ९९ नागरिक कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेमा गाउँपालिकालाइ ठुलै सकस परेको छ । क्वारेन्टाइनमा वसेका नागरिक आतिन थालेपछि उनीहरुलाइ मनोविमर्श परामर्श (काउन्सिलिङ) गर्न थालिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार