कोरोना रोकथामका लागि डिडिएसको सहयोग

दुर्गा विसी
सल्लीबजार, २५ जेष्ठ ।
कोरोना रोकथाम तथा नियन्त्रण स्वरुप दलित विकास समाज सल्यानले बनगाड कुपिण्डे नगरपालिकालाई दस हजारको चेक हस्तान्तरण गरेको छ । कोरोना नियन्त्रण रोकथाम कोषमा सो रकम जम्मा हुने जनाएको छ । डिडिएस सल्यानका प्रतिनिधि दोर्ण यरीले बनगाड कुपिण्डे नगरपालिकाका उप–प्रमुख मञ्जु यरी र प्रमुख प्रशासकिय अधिकृत मोहन खड्कालाई सो चेक हस्तान्तरण गर्नुभएको छ । सो रकम कोरोना नियन्त्रणमा सहयोग हुने उप–प्रमुख यरीको भनाई छ ।


डिडिएस सल्यानले सल्यान जिल्लाका १० तहमा १० हजारका दरले सहयोग गरेको जनाएको छ । बनगाड कुपिण्डेमा हालसम्म १ सय ८ जना संक्रमित थपिएका छन् । यो क्रम चेकजाँचको दाय फराकिलो पारेपछि झन बढ्ने जनाएको छ । बनगाड कुपिण्डेमा भारतबाट भित्रिएका नागरिक अत्याधिक बढेकोले अधिकांशमा कोरोना संक्रमित भएको आशंका गरिएको छ । स्थानीयलाई धेरै आवतजावत नगर्न समेत नगरले अनुरोध गरेको छ । क्वारेन्टाइनमा रहेका आफ्न्त भेट्नेहरुलाई समेत भेटघाट नगर्न अनुरोध समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार