आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौं, २४ जेष्ठ ।
कोरोना महामारी र लकडाउनका कारण तीन महिनादेखि बन्द रहेका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् । भूमि ब्यवस्थापन तथा अभिलेख विभागले आइतबारबाट मालपोत कार्यालयहरुबाट न्यूनतम सेवा प्रवाह गर्ने सूचना शुक्रबार प्रकाशित गरेको छ ।
भूमि ब्यवस्थापन विभागको महानिर्देशकमा शेषनारायण पौडेल आएपछि उनले मालपोत कार्यालयहरुबाट आंशिक सेवा दिने प्रक्रिया अगाडि बढाएका हुन् । उनकै नीति अनुसार विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीको हस्ताक्षरमा मातहतका कार्यालयहरुलाई आइतबारबाट कार्यालय खोल्न र काम सुचारु गर्न परिपत्र गरिएको छ ।

तपाईको प्रतिक्रिया