कुवेतमा तीन नेपालीको मृत्यु

कुवेत, २४ जेष्ठ ।
कुवेतमा दैलेखको गुरास गाउँपालिका वडा नम्बर–५ का ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ । उनको कोरोनाका मृत्यु भएको बुझिएको छ, विस्तृत विवरण आउँन बाकि रहेको उनका आफन्त गणेश मल्लले जानकारी दिए । मृतक चन्द कुवेतमा एक दशक यता देखि रोजगारी गर्दै आईरहेका थिए । उनको श्रीमती र ३ छोरा छन् । उनको परिवारका केहि सदस्य सुर्खेतको पिपिरामा बस्दै आएका छन् । यता चार दिन पहिले कुवेतको मिस्रफस्थित कुवेत सरकारले कोरोना भाइरस संक्रमितका लागि निर्माण गरिएको क्वारेन्टाइनमै एक नेपालीले आत्महत्या गरेका छन् ।

आत्माहत्या गर्नेमा लम्जुङको तेज गुरुङ भएको पुष्टि भएको छ । उनी कोरोना संक्रमित भएको कारण क्वारेन्टाइनमा थिए । उनले अहमादी हस्पिटलबाट कोरोना स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ देखिए पछि हस्पिटलले नै मिश्रफ क्वारेन्टिनमा पठाइएको थियो ।
त्यस्तै कुवेतको जिलिबमा एक नेपाली महिलाको पनि बिहिबार मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङकि निर्मला पुन मगर भएको बताईएको छ । उनको मृत्युको रहस्य भने अत्यधिक मदिरा सेवनका कारण भनिएपनि अस्पतालको रिपोर्ट आई नसकेको दुताबास श्रोतले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार