दैलेखमा निषेधाज्ञा जारी

सुर्खेत, २३ जेठ ।
कोरोना संक्रमणको भयावह स्थिति देखापरेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका दुई पालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।  अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा स्थलहरु शुक्रबारदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लाको नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजार भित्र तथा दुल्लु नगरपालिकाको पूर्वमा माथिल्लो डुंगेश्वर चुप्रा शिरस्थान, पश्चिममा पादुकाखोला कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वर भित्र नगर्न÷नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको छ ।


‘यो आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने सूचना जारी गरिएको छ । साथै यो आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।’ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ, ‘साथै संक्रमणबाट जोगिन भेटघाट, जमघट र भीडभाड नगर्न÷नगराउन जिल्ला प्रशासन कार्यालय दैलेख हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तीमा दैलेखमा निरन्तर कोरोना संक्रमण संख्या बढदै गएको र एक जनाको मृत्यू भइसकेको अवस्थामा सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवृद्धनात्मक कार्यहरु गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार