जुम्लामा क्वारेन्टाइनमा एक जनाको मृत्यु

जुम्ला, २३ जेष्ठ ।
जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

यस विषयमा थप अनुसन्धान गर्न प्रहरी क्वारेन्टाइनमा पुगिसकेको र कर्णाली प्रतिष्ठानको टोली स्वाब संकलनको लागि उक्त क्वारेन्टिनमा जाने तयारीमा रहेको प्रहरी नायव उपरीक्षक धामीले बताए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार मृतक दमको रोगी भएको थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार