भारतबाट आएका नागरिकको व्यवस्थापनमा मध्यरातमै खटिन्छन नगर प्रमुख

दुर्गा विसी
सल्लीबजार, २३ जेष्ठ ।
मजदुरी गर्न भारत पुगेका नागरिक भित्रिने क्रम झन बढिरहेको छ । मध्य रातमै आफ्ना नागरिक आए सुरक्षाकर्मी लिएर बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुन आफै कुदने गर्नुभएको छ । नागरिक व्यवस्थापन गर्दा जेष्ठ महिनामा राम्रोसँग सुत्न र खान नपाएको उहाँको दुखेसो छ । यति गर्दा समेत कहि कतैबाट सन्तोष नपाएको उहाँको गुनासो छ ।

लकडाउन यता रातदिन खान र बस्नसमेत नपाएको बताउनुभएको छ । गय राती मात्रै २० जना नागरिक वालुवासँग्रही आएको खबर राती १२ वजे थाहा पाएपछि पानी, फ्रुटी, म्याट, ड्राइफुड खाना बोकेर गाडीमा उहाँ आफै हुइकिनु भयो । आकाशबाट सिमिसम पानी परिरहेको थियोे भारतको पौडीगड्वालबाट मजदुरी गरेर घर फर्केका नागरिक भिजिरहेका थिए । पछि उनीहरुलाइ त्रिपालको समेत व्यवस्थापन गरियो । बनगाड कुपिण्डेका १४ र कुमाख गाउँपालिकाका ६ जना गरी २० जनाको टोलीलाई बास र गासको व्यवस्थापन गरी नगर प्रमुखसँगै सल्ली ईलाका प्रहरी इन्चार्ज मिनवहादुर खड्कासहितको टोली अबेर राती घर फर्किए ।

जेष्ठ महिनाभरी नगरपालिकाको टोली र सुरक्षाकर्मी साथीहरूको योगदान भुल्नै नसकिने जनाएको छ । महामारीमा भारतबाट आएका नागरिकहरुको व्यवस्थापन गर्नमै रातदिन बितिरहेको छ । समयमै प्रदेश सरकार तथा केन्द्र सरकारले चेकजाँचको रिपोर्ट नपठाउँदा आफैलाई उकुसमुकुस लागेको नगर प्रमुखको भनाई छ । १० बिति सक्यो अझै ६ सय १० नागरिकको पिसिआर रिपोर्ट आउन सकिरहेको छैन भने ९ सय भन्दा वढि नागरिकको अझै पिसिआर स्वाब परिक्षण गर्न नसिकिरहेको उहाँको भनाई छ ।

त्यस्तो अवस्थामा पनि माथिल्लो २ तहको सरकार लाचारी पना देखाए । हामीलाई नागरिक क्वारेन्टाइनमा थुनेर कति दिने बस्ने उनीहरुलाई छेक्न हम्मेहम्मे परेको जनाएको छ । समयमा रिपोर्ट नआउँदा विरोध र नारावाजी सुरु गर्न थाले थेग्न नसकिने अवस्था सृजना हुँदै छ । यस्तो अवस्थामा पनि २ तहका सरकार कानमा तेल हालेर बसेका छन् ।

स्थानीय तहमा नागरिकको व्यवस्थापन गर्न हरिबिजोक हुन थाल्यो । २६ क्वारेन्टाइनमा १६ सय नागरिक व्यवस्थापनमै नगरपालिकालाई कठिनाई हुन थालेको छ । रिपोर्ट छिटो छिटो आइदिए व्यवस्थापनमा सहज हुने थियोे । सबै विद्यालय भरिभराउ छन्् । आइसुलेशन वार्ड समेत बनाउने स्थान र विद्यालय छैन । करिब सामान्य सुविधायुक्ति विद्यालय सबै भरिए अब आउनेलाई कहाँ पठाउने र राख्ने भन्ने चिन्ताको विषय भएको नगर प्रमुखको गुनासो छ ।

तपाईको प्रतिक्रिया