५० हजारको खाद्यान्न हस्तान्तरण

सुर्खेत, २३ जेष्ठ ।
ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलका कक्षा-१२ मा पढ्ने विद्यार्थीहरुले प्रदेश सरकारलाई ५० हजारको खाद्य सामग्री हस्तान्तरण गरेका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सुर्खेतको छिन्चुमा सञ्चालन गरेको होल्डिङ केन्द्रलाई विद्यार्थीहरुले खाद्यन्न सामग्री हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयका प्रतिनिधि राजेन्द्रकुमार बासुकलालाई युलेन्स स्कुल प्रतिनिधि सम्यक प्रताप राणाले सामग्री हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै राणाले कोरोनाका कारण विश्व नै आक्रान्त भएको विषम परिस्थितिमा समाजलाई सहयोगको जरुरी रहेकाले खाद्यन्न हस्तान्तरण गरिएको बताए ।

सबै साथीहरुले रकम जम्मा गरेर प्रदेश सरकारले सञ्चालन गरेको होल्डिङ केन्द्रलाई सहयोग गरिएको उल्लेख गरे । स्कुलले वार्षिक रुपमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । कोरोनाले भयावह अवस्था निम्तिएपछि सहयोग रकम जुटाएर यस्तो समयमा सहयोग गरिएको राणाको भनाई छ ।

तपाईको प्रतिक्रिया