बनगाड कुपिण्डेमा सय वेडको आइसुलेशन वार्ड बन्ने

दुर्गा विसी
सल्लीबजार, २२ जेष्ठ ।
सल्यानको पश्चिम बनगाड कुपिण्डेमा सय वेडको आइसुलेशन वार्ड बन्ने भएको छ । कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले अब बाहिर विरामी नपठाउने भएको छ । संक्रमितलाई सुर्खेत र रुकुम चौहरजारी अस्पतालमा राख्न नमानेपछि नगरले अब केहिदिन भित्र आफ्नै नगरमा आइसुलेशन वार्ड बनाउने भएको छ ।

यस अघि संक्रमित भएका २५ जनालाई सुर्खेत र सल्यानमा उपचार भैरहेको र १७ बाँकी संक्रमित १७ जनालाई पनि सल्यान खलंगा पठाइने भएको छ । खलंगामा आइसुलेशन वार्डमा तयारी हुन थालेकोले संक्रमितलाई छिट्टै उपचारमा लिन ढिलाई भएको नगर प्रमुख पुनले जानकारी दिनुभएको छ । विहिबारनै उनीहरुलाई खलंगा पठाइने जनाएको छ । बनगाड कुपिण्डेका करिव २५ भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन भएकोले उक्त क्वारेन्टाइनमा १६ बढी भारतबाट भित्रिएकोले व्यवस्थापनमा केही समस्या भएको जनाएको छ ।

खाना, बस्न र औषधी उपचारमा सकस भएको जनाएपनि सबै कुराको चाजोबाँजो मिलाउन केही दिन ढिला भएपनि सबै कुरा छिट्टै व्यवस्थापन हुने जनाएको छ । बुधबार बसेको कार्यपालिका बैठकले एक सय वार्डको आइसुलेशन वेड तयारी बनाउनुको साथै क्वारेन्टाइनमा सुरक्षाकर्मी अपुग नभएका स्थानमा स्वयमसेवक दस्ता राखिने भएको छ । सुरक्षाकर्मी अपुग स्थानमा ४ जनासम्म सुरक्षा युवा दस्ता खटाइने जनाएको छ ।

ती स्वयमसेवकले क्वारेन्टाइनको रेखदेख र निगरानी गर्ने जनाएको छ । भारतबाट धेरै नागरिक भित्रिँदा सबै कुरामा सकस भएको छ तर पनि नगरले यथोचित ढंगले व्यवस्थापन गरिरहेको उप–प्रमुख मञ्जु यरीले बताउनु भएको छ । महामारीमा विरोध भन्दा पनि जुनसुकै नागरिकले सहयोगी भावनाले र सकारात्मक रुपमा हेर्न समेत नगरले अनुरोध गरेको छ ।  कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र खटे पनि जस नपाएको गुनासो छ । त्यस्तो बेला विरोधको साटो सम्यमता, धर्यता, सहयोगीपना देखाउन आम नागरिकलाई अपिल गरिएको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया