ब्रेकिङ : गाडी दुर्घटनामा चालकको मृत्यु

कृष्ण प्रसाद अधिकारी
दैलेख, २१ जेष्ठ ।
गुराँस गाउँपालिका वडा नं. ४ को घोडावासमा बस दुर्घटना हुँदा बस चालको मृत्यू भएको छ । बुधबार भारतबाट आएका नागरिकहरु लिएर दैलेख आएको बस उनीहरुलाइ दैलेख छोडेर फर्केने क्रममा दुघटना भएको प्रहरीले जनाएको छ ।  भारतबाट आएका नागरिकहरुलाइ क्वारेन्टिनमा छोडेर कन्चन्पुर जादै गरेको ना ५ ख १६८५ नंबरको बस उकालो बाटोमा चढ्ने क्रमा ब्याक हुँदा दुर्घटना भएको र घटना स्थलमै चालको मृत्यु भएको ट्राफिक कार्यालय दैलेखका चन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सहचालक घाइते भएकोर उनलाइ तत्काल सुर्खेत पठाउन लागेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार