शे–फोक्सुण्डो निकुञ्जद्धारा १७ थान भरुवा बन्दुक बरामद

रामचन्द्र न्यौपाने
डोल्पा, २१ जेष्ठ ।
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सेना र कर्मचारी सहितको गस्ती टोलीले सत्र थान भरुवा बन्दुक र एक थान नाल बरामत गरेको छ । निकुञ्ज क्षेत्रभि हुने संरक्षित एवम् दुर्लभ बन्यजन्तुको चोरी शिकारी रोक्न अप्रेशन नै चलाएर हात हतियार खोजी गर्न सुरु गरेपछि सत्र थान भरुवा बन्दुक,एक थान नाल बेवारीसे अवस्थामा बरामत गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करेलीकाँडा छल र ठुलिभेरी नगरपालिकामा साँङ्टा लगायतका ठाउँबाट बेवारीसे अवस्थामा बन्दुक र नाल बरामत गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिए । सेना र कर्मचारी सहितको गस्ती टोलीले यस अघि पनि बिस थान भरुवा बन्दुक,एक नाल,तीन थान घोरलका छाला बरामत गरिसकेको छ । सबै गरेर सैँतिस थान भरुवा बन्दुक,तीन थान घोरलका छाला र दुई वटा नाल बबरामत भइसकेको र खोजीकार्य जारी रहेको संरक्षण अधिकृत पौडेलले बताए ।

बरामत गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ । निकुञ्जले हातहतियार बुझाउनसुचना जारी गर्दै आए पछि स्थानीयले पक्राउ पर्ने त्रासले घर देखि टाढा लगेर बेवारी रुपमा फालेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । बेवारिसे फेला परेका भरुवा बन्दुकका कसका हुन भन्ने बिषयमा अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पुर्ण सर्वसाधारणलाई आफु सँग भएका हात हतियारहरु बुझाउन ३५ दिने सुचना समेत जारी गरिएको छ । निकुञ्जमा पाइने बहुमुल्य जडिबुटी,दुर्लभ वन्यजन्तुहरु र सम्पुर्ण वन पैदावारको चोरी तस्करी रोक्न निकुञ्ज सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्मको सेना रातदिन खटिरहेको गुल्मपति लेखनाथ कटवालले जानकारी दिए । छोटो समयमा ठुलो परिमाणमा भरुवा बन्दुक र संरक्षित वन्यजन्तुको छाला फेला पार्नु निकुञ्जका लागि ठुलो सफलता भएको उनको भनाई छ । शे–फोक्सुण्डो निकुञ्जमा दुर्लभ वन्यजन्तु हिँउ चितुवा समेत पाइने गर्दछ् ।

तपाईको प्रतिक्रिया