पदीय दुरुपयोग गर्दै वडाध्यक्षको दादागिरी

ओम शाही
सुर्खेत, २१ जेठ ।
बराहता लगाउँपालिका वडा नं.–५, का वडाध्यक्ष तिलक मर्साङ्गीले पदिय दुरुपयोग गर्दै दादागिरी शैलीमा काम गर्न खोजेका छन् । बड्डीचौर सिँचाई जलउपभोक्ता समितिको विधान विपरित बर्तमान समिति विघटन गरी नयाँ समिति गठन गरेपछि उनी विवादमा तानिएका हुन् । जेठ २१ गते बैधानिक समितिको वेवास्ता गर्दै आफु अनुकुल गठन गरिएको समितिका अध्यक्ष डिलबहादुर ठाडाका नामबाट उपभोक्तालाई आम भेलाको चिठ्ठी काटेका छन् । जुन कदम नियम विपरित हो ।

समितिका हरेक क्रियाकलाप गर्दा होस् या समिति गठन तथा खारेज गर्दा बर्तमान समितिले बैठक बोलाउनु पर्ने प्राव्धान विधानमा उल्लेख छ तर यसो नभई वडाध्यक्षले पदिय दुरुपयोग गरेका छन् । जेठ १६ गते अध्यक्ष मर्साङ्गीले विधान विपरित नयाँ समिति पनुरगठन गरेका थिए । यसै विषयलाई लिएर नेकपाले बिरोध जनाएको थियो । नेकपा ५ नं. वडा कमिटी सचिव अर्जुन कुमार बुचामगरको अध्यक्षतामा बसेको बैठकले वडाध्यक्षको कदमप्रति विरोध जनाउँदै विधि विधान विपरित गठन भएको समितिलाई मान्यता नदिन भन्दै गाउँँपालिकाका कार्यकारी अधिकृत नेत्रराज गिरी समक्ष ज्ञापन पत्र बुझाएको थियो ।

यसै विषयलाई लिएर युगआह्वान राष्ट्रिय दैनिकमा समाचार सम्प्रेषण भएपछि वडाध्यक्ष मर्साङ्गीले यस्तो कदम चालेका हुन् । समाचार सम्प्रेषण भएको विषयलाई लिएर वडाध्यक्ष मर्साङ्गीका छोरा लगायतका केही युवाले वडा कमिटी सचिव अर्जुनकुमार बुचामगर माथी सार्वजनिक स्थलमा साङ्घातिक आक्रमण र दुव्र्यवहारको प्रयाससमेत गरेका छन् ।

कोरोना माहामारीका कारण देशमा लकडाउन गरिएको अवस्था छ । यस्तो अवस्थामा सरकारले भिडभाड तथा सभा सम्मेलन नगर्न सबैमा आग्रह गरको छ । तर अध्यक्ष मर्साङ्गीले भने सरकारको अनुरोधलाई बेवास्ता गर्दै यस्तो गैरकानूनी आम भेला बोलाउन लगाउनु राम्रो पक्ष नभएको एक स्थानीयले बताए उनले भने, वडाध्यक्षले आफु अनुकुल नभएकै कारण यस्तो कदम चालेको उल्लेख गरे ।

त्यस्तै विधान विपरित काम गरेको र नेकपा ५ नं. वडा कमिटी सचिव अर्जुन कुमार बचामगरमाथी सार्वजनिक स्थलमा गरिएका दुव्र्यवहारको भत्सता गर्दै नेकपा बराहताल गाउँ कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा गाउँ कमिटी अध्यक्ष ओमबहादुर महतारा र सचिव बलबहादुर कठायतको संयूक्त हस्ताक्षरमा विज्ञप्ती जारी गर्दै विधान विपरित कार्य गर्नु गैरकानुनी भएको भन्दै आउँदा दिनमा यस्ता खालका क्रियाकलापन दोहो¥याउन भनिएको छ ।

त्यस्तै कुनैपनि सार्वजनिकहितमा काम गर्दा सर्वपक्षिय सहमतीबाट अगाडि बढाउन अनुरोधसमेत गरेको छ । यता बड्डीचौर प्रहरीले आवश्यक समन्वयमा काम गर्न अनुरोध गर्दै लकडाउनका बेला कुनै पनि सभा समारोह गर्न नपाइने भन्दै त्यस्तो कार्य नगर्न सबैमा अनुरोध गरेको छ । यस सम्बन्धमा अध्यक्ष मर्साङ्गीले आफूले कुनै पनि गैरकानूनी कार्य नगरेको भन्दै पुरानो समितिले काम गर्न नसक्ने बताएपछि आयोजनामा बिनियोजित बजेट फ्रिज हुन नदिन आफूले यस्तो कदम चालेको दावी गरेका थिए । यस बारे पुनःजानकारी लिनखोज्दा वडाध्यक्ष मर्साङ्गी भने सम्पर्कमा आउन चाहेनन् ।

याे पनि पढ्नुहाेस :

२० लाखमा वडाध्यक्षकाे नजर परेपछि ‍‍‍…

तपाईको प्रतिक्रिया