राहत कोषमा कार्यकारी प्रमुखद्वारा १ महिनाको तलव

दुर्गा विसी
सुर्खेत, २१ जेष्ठ ।
सुर्खेत सिम्ता गाउँपालिकाका कार्यलय प्रमुख जनक हमालले १ महिनाको तलब राहत कोषमा जम्मा गर्नुभएको छ । सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एक महिनाको तलब ४० हजारको चेक सिम्ता गाउँपालिकाको राहत कोषमा जम्मा हुने गरी गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई हस्तान्तरण गर्नुभएको छ ।

यस अघि पनि ५ दिन बराबरको तलब दिनुभएको थियो । मानकारी कार्यालय प्रमुख भौतिक रूपमा कोभिड–१९ का विरूध रातदिन खटिएको र आर्थिक संकटलाई न्यूनीकरण गर्नको लागि राहत होस भनी नगद पनि सहयोग गरेको बताउनुभएको छ । कार्यलय प्रमुख गाउँपालिकावासी स्थानीय भएकोले पनि कोरोनाले निम्त्याएको संकटलाई न्यूनिकरण गर्न भौतिक, नैतिक र आर्थिक रूपमा लागि पर्नुभएको छ ।


सिम्ता गाउँपालिको कुशल तथा मनकारी प्रशासकलाई गाउँपालिकाले धन्यवाद दिएको छ । प्रमुख प्रशासकिय अधिकृत हमालद्वारा गाउँपालिकाको समुन्नत विकासका लागि सधैं समन्वयकारि भुमिका निर्भाहा हुने गरिएको छ । मनकारी व्यक्ति हमालले गाउँपालिकाको कोरोना राहत कोषमा १ महिनाको तलव जम्मा गरिदनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार