सुर्खेतका दुई बालिका छिमेकीबाटै बलात्कृत

सुर्खेत, २१ जेष्ठ ।
लेकबेशी नगरपालिकाकी एक आठ बर्षिया बालिका जेष्ठ १२ गते छिमेकीबाट बलात्कृत भईन । लेकबेशी वडा नं. ७ भेरी नदी नजिकैको ओढारमा ४४ बर्षिया छिमेकीबाटै बलात्कृत भएकी हुन । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बालिकाको तर्फबाट अभिभावकले मुद्धा दर्ता गरेपछि घटना बाहिर सार्वजनिक भएको थियो । लेकबेशी नगरपालिकाकाे घटना अनुसन्धान हुँदै गर्दा अर्काे घटना भेरीग‌गा नगरपालिकामा भएकाे छ ।

त्यसैगरी सुर्खेतमा अर्की एक ४ वर्षिया बालिका बलात्कृत भएकी छन् । घटना गत विहीबार भेरीगंगा नगरपालिका–४, मदानेचौरको हो । छिकेकी राज विकसँगै खजुरी खान गएकी ती बालिका साँझसम्म घर नफर्केपछि उनको खोजी कार्य शुरु भएको थियो ।  ‘बालिका हराएको खबर ईलाका प्रहरी कार्यालय छिन्चुमा आईपुगेपछि खोजी कार्य शुरु गरेका हौं,’ प्रहरी निरीक्षक माधव चौधरीले भने, ‘राती ८ बजेदेखि खोजी कार्य शुरु गर्दे जाँदा डेढ बजे बालिकालाई घर नजिकैको गोठमा फेला पारेका हौं ।’ उनले बालिकाको बयानकै आधारमा उनका अभिभावकले छिमेकीबाटै बलात्कृत भएको जाहेरी दिएपछि २५ वर्षिय राज विकलाई नियन्त्रणमा लिएको जनाए ।


उनका अनुसार नियन्त्रणमा लिएका ओरोपीलाई जिल्ला अदालत सुर्खेतबाट म्याद थप भई घटना बारे विस्तृत अनुसन्धान भइरहेको छ । यता पीडित परिवारका अनुसार छिमेकी राज विकले ललाई फकाई खजुरी खान जाने बहानामा बालिकालाई गोठमा लगेर बलात्कार गरेको आरोप छ । परिवारले ईलाका प्रहरी कार्यालय छिन्चुमा ती युवकमाथि जवरजस्ती करणाीको जाहेरी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार