सुर्खेतमा प्रशासन र व्यापारीको लुकामारी

सुर्खेत, २० जेष्ठ ।
सानाेछँदा गाउँघरतिर गोठाला जाँदा समय काट्न र मनोरञ्जन लिन एक जनाले खोज्ने अरु साथीहरु लुक्ने गरी खल्ने खेल हो लुकामारी । जसलाई खोज्ने मान्छेले भेटाउँछ यसको खोज्ने पालो आउँछ । यो खेलको अन्त्य कहिल्यै हुँदैन । भेट्टिनेले आफ्ना अरु साथी खोज्ने, भेटाउनेवाला लुक्ने गरिन्छ । यो खेल कहिल्यै अन्त्य हुँदैन ।

हो यही खेलको झलझली याद आउने गरी सुर्खेतका प्रशासक र व्यापारीको लुकामारी चलिरहेको छ । सरकारले कोरोना भाईरस नियन्त्रण गर्नका लागि लकडाउन घोषणा गरयो । लकडाउन सुरु भएदेखि सुर्खेतको व्यापारी र प्रशासकको लुकामारी सुरु भएको हो । दैनिक अत्यावश्यक वस्तुको बजारमुल्य आकाशिएको छ । त्यसको अनुगमन र नियन्त्रण गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय र अन्य निकाय मौन छन् । अत्यावश्यक खाद्य वस्तु बाहेक अन्य वस्तुहरु आयात निर्यातमा केन्द्र सरकारले नै प्रतिवन्ध लगाएको छ तर यहाँ अत्यावश्यक खाद्य वस्तुको नाममा प्रहरी, प्रशासनकै सेटिङमा पुकार, सुर्ती, रक्सी, चुरोट, चिसो पेय पदार्थ, इलेक्ट्रोनिक सामान मोवाईल, अण्डा, भारतीय उत्पादनको तरकारी बजारमा छयापछ्याप्ती आएको छ । यसलाई नियन्त्रण गर्ने तर्फ प्रहरी प्रशासनको ध्यान, चासो पुगेको छैन । जहाँबाट अस्वभाविक मुल्यबृद्धि कालोबजारी भैरहेको प्रशासनको निर्णय प्रक्रियामा उसैको हस्तक्षेप देखिएको छ ।

याे पनि पढ्नुहाेस :-

सुर्खेतमा निर्वाध गैरखाद्य सामग्री आयात

प्रहरीकै सेटिङमा अण्डामा कालोबजारी

लकडाउनको समयमा बजारमूल्यको विषयमा विरोध हुन थालेपछि उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेर बजार खोल्न आव्हान गर्छ त्यसको केही घण्टामा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना निकालेर कडा निर्देशन दिएको जस्तो भाषामा बजार तोकिएकै समयमा खोल्न आग्रह गर्दछ । जिल्ला प्रशासनको सूचनालाइ आधार बनाएर पुनः उद्योग वाणिज्य संघ पछाडी हटैकाे जस्तो गरी प्रशासनकै निर्णयमा सहमति जनाउँछ ।

लकडाउनकै समयमा सुर्खेतका व्यापारीहरुको संस्था सुर्खेत उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय सुर्खेतको लुकामारी सुरु भएको थियाे । संघ सरकारको निति, नियम, कानून, निर्देशन पालना गर्दै, प्रदेश र स्थानीय तहस‌ग समन्वय गर्दै तल्लो तहमा कानून कार्यान्वयन गर्ने जिल्लाको प्रमुख प्रशासकको कमजोर कार्य क्षमता हुँदा सुर्खेतका व्यापारीले आफ्नो एजेण्डामा प्रशासन कार्यालयलाई हिडाईरहेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बस्ने त्यसको निर्णय सुर्खेत उद्योग वाणिज्य संघले सार्वजनिक गर्ने गर्दै आएका छन् । संघका पदाधिकारीहरुले आफ्नो फेसबुकमार्फत जिल्ला प्रशासनको निर्णय सार्वजनिक गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतसंगको समन्वयमा सुर्खेत उद्योग वाणिज्य संघले केही दिन अघि दैनिक ४ घण्टा विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक पसलहरु खोल्न सूचना जारी गरेको थियो । जिल्ला प्रशासनबाट निर्णय भएपछि सुर्खेत उद्योग वाणिज्यले प्रशासनको निर्णयलाई आधार बनाएर संघकै लेडप्याडमा प्यापारीहरुलाई बजार खोल्न आव्हान गरेको थियो । जिल्ला प्रशासनको भूमिकानै उद्योग वाणिज्य संघले निर्वाह गरेकै भाषामा सूचना जारी गरिएको थियो ।

याे पनि पढ्नुहाेस :-

प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश

कोरोना भाईरसको नियन्त्रण, रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउननै उलंघन हुने गरी दैनिक उपभोग्य वस्तुका नाममा पसल खोल्न तोकिएको समयको चौतर्फि विरोध भयोे । विभिन्न क्षेत्रका अगुवाहरुले आ–आफ्नो सामाजिक सञ्जालमा लेख्दै विरोध जनाएका थिए । देशमा कोरोना संक्रमण बढ्दै जानु, बाहिरबाट आउने जाने नागरिकको चापले समेत वीरेद्रनगर बजार कोरोना संक्रमणको उच्च जोखिममा परेको भन्दै विरोध जनाए । विरोधपछि जिल्ला प्रशासन एक कदम पछाडी हटेर पुनः नयाँ निर्णय गरेर बजार हप्तामा तीन दिन विहान ७ देखि ९ बजेसम्म खोल्ने निर्णयमा पुगेको थियो । युग न्यूज मार्फत प्रशासनको भूमिका खबरदारी गरेपछि समाचार प्रकाशित भएको २ घण्टामा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने आफ्नो निर्णय सच्याउन बाध्य भएका थिए ।

याे पनि पढ्नुहाेस :-

समाचार आएको २ घण्टामै प्रजिअले निर्णय सच्याए

उक्त घटना सेलाउन नपाउँदै सोमबार सुर्खेत उद्योग वाणिज्य संघले एउटा विज्ञप्ति जारी गर्दै सम्पूर्ण उद्योगी व्यापारीहरुलाई सूचना जारी गर्दै पसल खोल्न आव्हान गरेको थियो । जेष्ठ २१ गतेदेखि लागु हुनेगरी विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै पसल, व्यापार खोल्न आव्हान गरेको थियो । सरकारले घोषणा गरेको लकडाउनलाई नै चुनौति दिने गरी विज्ञप्ति आएपछि केही व्यापारीले पसल खोल्ने तयारी गरेभने केहीमा अन्यौलता छायो ।

सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान कार्यसमिति सदस्य हरि विष्टले फेसबुकमा लेख्दै उद्योग वाणिज्य संघले पसल खोल्न गरेको आव्हानको खुलेरै विरोध जनाए । उद्योग वाणिज्य संंघको विज्ञप्ति आएको केही घण्टापछि जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै संघका पुरानै तोकिएकै समय अनुसार अत्यावश्यक उद्योग, व्यापार खोल्न आग्रह गर्दै सूचना निकालेको छ । प्रशासनको सूचना आएपछि उद्योग वाणिज्य संघले अर्को विज्ञप्ति निकाल्दै जिल्ला प्रशासनमा भएको छलफलबाट लकडाउनलाई पालना गर्दै पुरानै समय अनुसार अत्यावश्यक पसल खोल्न पुनः अर्को सूचना जारी गरेको छ ।

सुर्खेत प्रहरी, प्रशासनको कार्यक्षमतामा प्रश्न चिन्न खडा गर्दै प्रदेश सभामा समेत सांसदहरुले चर्को आलोचना गरेका थिए । प्रदेश सांसद यामलाल कँडेल, पद्मा खड्कासहितले विरोध जनाए । कमजोर कार्यक्षमता भएका प्रमुख जिल्ला अधिकारीको चर्को आलोचना र विरोधभएपछि गृह मन्त्रालयले पाल्पा जिल्लामा सरुवा गरेको छ । जाँदा जाँदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सुर्खेतका व्यापारी अगुवासंगको बालबालिकाले खेल्ने खेल ‘लुकामारी’ पुनः खेलेरै विदा हुँदैछन ।

सुर्खेतका विवादित सिडिओको सरुवा, को हुन नयाँ सिडिओ रेग्मी

तपाईको प्रतिक्रिया